images
images

अमेरिकी डलर र युरोको भाउ बढ्यो, अन्य मुद्राको विनिमय दर कति छ ?

अमेरिकी डलर र युरोको भाउ बढ्यो, अन्य मुद्राको विनिमय दर कति छ ?

शनिवार, कार्तिक २४ २०८१
शनिवार, कार्तिक २४ २०८१
  • अमेरिकी डलर र युरोको भाउ बढ्यो, अन्य मुद्राको विनिमय दर कति छ ?
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर र युरोको भाउ बढेको छ । शनिबारका लागि अमेरिकी डलरको खरिद मूल्य बढेर १३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३१ पैसा कायम भएको छ ।

    शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ७० पैसा र बिक्री दर १३५ रुपैयाँ ३० पैसा रहेकोमा शनिबार बढेको हो । यसैगरी, शनिबार युरोपियन युरो पनि बढेर एकको खरिदर १४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ०७ पैसा कायम भएको छ। 

    शुक्रबारका लागि यस मुद्राको खरिददर एकको १४४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५९ पैसा कायम रहेको थियो । त्यस्तै, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिदर १७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७५ रुपैयाँ ५४ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८७ पैसा कायम भएको राष्ट्र बैङ्कले जनाएको छ । 

    क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४५ पैसा रहेको छ । बैङ्कका अनुसार सिङ्गापुर डलर एकको खरिद दर १०१ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ। 

    जापानी येन १० को खरिद दर ८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८ रुपैयाँ ८९ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ८० पैसा र बिक्री दर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ८७ पैसा र बिक्री दर ३६ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ९५ पैसा र बिक्री दर ३७ रुपैयाँ १२ पैसा कायम भएको छ । 

    केन्द्रीय बैङ्कका अनुसार युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रुपैयाँ ७४ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर ९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा पर्नेछ । 

    कुवेती दिनार एकको खरिद दर ४३९ रुपैयाँ ४२ पैसा र बिक्री दर ४४१ रुपैयाँ ३८ पैसा, बहराइन दिनार एकको खरिद दर ३५७ रुपैयाँ ३३ पैसा र बिक्री दर ३५८ रुपैयाँ ९२ पैसा तोकेको छ ।

    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार