images
images

सराङकोटको आनन्दमा आयाम थप्दै अन्नपूर्ण केवलकार, पर्यटकहरू साँझ आरतीपछि केवलकारबाटै फर्किन सक्ने

सराङकोटको आनन्दमा आयाम थप्दै अन्नपूर्ण केवलकार, पर्यटकहरू साँझ आरतीपछि केवलकारबाटै फर्किन सक्ने

बिहिवार, चैत २१ २०८१
बिहिवार, चैत २१ २०८१
  • सराङकोटको आनन्दमा आयाम थप्दै अन्नपूर्ण केवलकार, पर्यटकहरू साँझ आरतीपछि केवलकारबाटै फर्किन सक्ने
    images
    images
    images
    images

    काठमाडौँ / अन्नपूर्ण केवलकारले सराङकोटको साँझ आरतीको आनन्द लिने पर्यटकहरूका लागि विशेष सुविधा उपलब्ध गराउँदै आएको छ । केवलकारले दर्शनार्थीहरूको सुविधा र सुरक्षाको ध्यानमा राखी, अन्नपूर्ण केवलकारले बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सेवा उपलब्ध गराइरहेको छ । सोमबार आरती समाप्त भएपछि मात्र केवलकार सेवा बन्द हुने भएकाले पर्यटकहरूले सजिलै आरतीमा सहभागिता जनाउन सक्नेछन् । 

    सराङकोट जानको लागि अन्नपूर्ण केवलकार नै सबैभन्दा राम्रो र सुविधाजनक विकल्प हो । केवल ९ मिनेटमा पुग्न सकिने यो सेवाले थकाइ र समय बचाउँदै हिमालयको मनोरम दृश्य, पोखरा उपत्यकाको अवलोकन गराउँछ । 

    सोमवार साँझ सूर्यास्तको मनमोहक दृश्यसँगै गरिने आरतीमा सहभागी हुन यसले सजिलो बनाएको हो । सुरक्षित, छिटो र अविस्मरणीय यात्राको लागि केवलकार नै उत्तम छ – यसले सराङकोटको सम्पूर्ण आनन्दलाई नयाँ आयाम दिएको छ ।

    शाहवंशीय राजा कुलमण्डन शाहको शासनकालमा कास्कीकोट दरबार तथा सराङकोटमा उनले ६–६ महिना राज्य गरेको भन्ने कथन छ । यस स्थान सैनिक तालिम केन्द्र र हतियार भण्डारण गर्ने स्थानको रूपमा रहेको छ । 

    यस क्षेत्रमा सारङ युद्धकला खेल प्रस्तुत हुने गरेको र यसलाई प्रस्तुत गर्ने स्थानलाई ‘कोट’ भन्ने चलनले गर्दा यसको नाम ‘सराङकोट’ रहन गएको भन्ने विश्वास छ ।

    यस स्थानमा ऐतिहासिक भूमेकाली देवी, भैरव, र चण्डी मन्दिरहरूले यस क्षेत्रलाई सदियौँदेखि धार्मिक महत्तव प्रदान गरेका छन् । पोखरामा आन्तरिक तथा बाह्य पर्यटनको सुरुवातदेखि नै सराङकोट शिखरबाट देखिने धौलागिरी, माछापुच्छ«े, अन्नपूर्ण, गणेश हिमाल जस्ता हिमशृङ्खलाहरू, बिहानको उदाउँदो सूर्योदय, र साँझको अस्ताउँदो सूर्यको दृश्यले यसलाई पोखरा नगर, कास्की जिल्ला, र अन्य जिल्लाहरूको दृश्यावलोकन गर्ने एक मात्र उत्कृष्ट स्थान बनाएको छ ।

    यस स्थानबाट दृश्यावलोकन गर्न २०–२२ वर्ष अघि एउटा टावर निर्माण गरिएको थियो। यस टावरबाट बिहान उदाउँदै गरेको सूर्यको किरणले उत्तरतर्फ रहेको हिमशृङ्खलाहरूको सेतो चमकलाई सुनौलो रंगले छाउने मनमोहक दृश्य देख्न आन्तरिक तथा बाह्य पर्यटकहरूले ३६५ दिन बिहानै देखि निद्रालाई त्यागेर सूर्योदय अघि नै अन्नपूर्ण केवलकारबाट यात्रा गरी यहाँ पुग्ने गर्दछन् ।
    यस क्षेत्रको विकाससँगै स्थानीय बासिन्दाहरूले पर्यटकहरूको सुविधालाई ध्यानमा राखी विभिन्न स्तरका होटलहरूको विस्तार गरेका छन् । यति मात्र नभएर, सराङकोट क्षेत्रको विकासको लागि २०६१ मा ‘सराङकोट धार्मिक पर्यटक क्षेत्र विकास समिति’ स्थापना गरिएको थियो ।

    २०६३ सालमा यहाँ महायज्ञ गरिएपछि अहिलेसम्म (२०८१ साल) यस क्षेत्रमा भ्यू टावरको मर्मतसम्भार, भूमेकाली मन्दिरको जीर्णोद्वार, बरुण धाराको निर्माण, भैरव मन्दिरको संरक्षण, तीन तल्ले प्यागोडा शैलीमा निर्मित कैलाशेश्वर मन्दिर, यज्ञशाला, १०८ जलधारा, १०९ शिवलिंग, श्री गणेशको मूर्ति, नेपालको पहिलो ५१ फिट अग्लो पञ्चमुखी गणेश मन्दिर, हेलिप्याड, र दृश्यावलोकन गर्ने स्थानहरूको विकासले यसको स्वरूप नै परिवर्तन गरिदिएको छ ।

    गत फागुन २६ गतेदेखि यस क्षेत्रमा सम्पूर्ण धर्मावलम्बीहरूको सहभागितामा साँझ सूर्यास्तको किरणसँगै नित्य आरती गर्ने प्रथा सुरु भएको छ । प्रत्येक सोमवार साँझ यो आरती नियमित रूपमा हुँदै आइरहेको छ । यसले स्थानीय पोखराबासीहरू मात्र नभएर, आन्तरिक तथा बाह्य पर्यटकहरूलाई पनि आकर्षित गरिरहेको छ । 

    “सूर्यास्तको मनोहर दृश्य केवलकारबाट हेर्दै आरतीमा सहभागी हुने दर्शनार्थीहरूको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । यस आरतीले सराङकोटमा रहेका सम्पूर्ण देवी–देवताहरूलाई समर्पित गरिएको छ, जुन यसअघि कहिल्यै भएको थिएन,” अन्नपूर्ण केवलकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    यसबाहेक, यहाँ हेलिकप्टर सेवाको उत्तम व्यवस्था रहेको छ भने विभिन्न पारिवारिक कार्यक्रमहरू पनि आयोजना हुने गरेका छन् । स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार यसले सराङकोटलाई अझै बढी महत्त्वपूर्ण बनाएको छ । आगामी दिनमा पोखरा आउने दिनहरूमा कुनै पनि पर्यटकले सराङकोटको यात्रा नगरेमा, उनीहरूको पोखरा भ्रमण अधुरो नै रहने उनीहरूको भनाई छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com