images
images

सिटिजन्स बैंक ‘बैंक अफ द इयर’ बाट लण्डनमा सम्मानित, प्रविधिमैत्री आधुनिक बैंंकिङ्ग प्राथमिकतामा

सिटिजन्स बैंक ‘बैंक अफ द इयर’ बाट लण्डनमा सम्मानित, प्रविधिमैत्री आधुनिक बैंंकिङ्ग प्राथमिकतामा

बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • सिटिजन्स बैंक ‘बैंक अफ द इयर’ बाट लण्डनमा सम्मानित, प्रविधिमैत्री आधुनिक बैंंकिङ्ग प्राथमिकतामा
    images
    images

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वको प्रतिष्ठित बैंक अफ द इयर २०२४ को अवार्डबाट लण्डनमा सम्मानित भएको छ ।विगत १८ बर्ष देखि सर्वसुलभ र सुरक्षित बैंकिङ्ग सेवा पुर्‍याउदै आइरहेको सिटिजन्स बैंकलाई संयुक्त अधिराज्य (युके) अवस्थित द फाइनान्सियल टाईम्सले डिसेम्बर ४, मा आयोजना गरेको एक कार्यक्रममा ‘बैंक अफ द ईयर २०२४’ अवार्डबाट सम्मानित गरेको हो । 

    बैंक सञ्चालक समितिका अध्यक्ष प्रवलजङ्ग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकको प्रतिनिधित्व गर्दै बैंक अफ द ईयर २०२४ को सम्मान ग्रहण गरेका छन् । 

    समारोहमा करिब १०० भन्दा बढी देशका बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत लगायतका अधिकारीहरू गरी करिब ३०० जना भन्दा बढीको बाक्लो उपस्थिति रहेको थियो ।

    बैंक सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेले बैकिङ्ग क्षेत्रको ओस्कार पुरस्कार मानिने विश्वको प्रतिष्ठित बैंक अफ द ईयर २०२४को अवाड बैंकले प्राप्त गर्न सफल भएकोमा अत्यन्त गौरवान्वित महसुश गरेको र यसबाट आगामी दिनमा अझ उत्कृष्ट प्रविधि मैत्रि आधुनिक बैंकिङ्ग सेवा सुविधा ग्राहकहरूमाझ ल्याउनको लागि हौसला मिलेको बताए । 

    त्यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले यस अवार्डको प्राप्ति सम्पूर्ण सरोकारवाला निकायहरूको सहयोग एवं कर्मचारीहरूको अहोरात्र मेहनतबाट सम्भव भएको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट कार्य सहित सुशासन र प्रुडेन्ट बैंकिंङ्ग र हरित बैंकिङ्गका सेवा सुविधाहरूमा थप बल गर्ने प्रतिवद्धता व्यक्त गरे । 

    द फाइनान्सियल टाइम्सले बार्षिक रूपमा विभिन्न देशका बैंकहरूले गर्ने कार्यसम्पादन एवं गतिविधिहरूलाई मध्यनजर गर्दै बैंक अफ द ईयरबाट सम्मानित गर्ने गरेको छ र यसै अनुरूप वर्ष २०२४ को अवार्ड सिटिजन्स बैंकले प्राप्त गर्न सफल भएको छ । 

    यस अवार्डबाट सम्मानित हुने बैंकहरूको बार्षिक सूची द फाइनान्सियल टाईम्सको म्यागजिन द बैंकरमार्फत प्रकाशित हुने गरेको छ ।सिटिजन्स बैंकले हालैमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स भच्र्युअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । 

    भौतिक कार्ड बिना नै मोवाइलको माध्यमबाट स्क्यान गरि क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता भच्र्युअल क्रेडिट कार्डमा रहेको छ । 

    बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ्ग ईकाइहरूबाट करिव १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार