images
images

देशकै सबैभन्दा महँगो लक्जरी गाडि एक हप्ताभित्रै बिक्री, मूल्य कति ?

देशकै सबैभन्दा महँगो लक्जरी गाडि एक हप्ताभित्रै बिक्री, मूल्य कति ?

बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • देशकै सबैभन्दा महँगो लक्जरी गाडि एक हप्ताभित्रै बिक्री, मूल्य कति ?
    images
    images

    काठमाडौँ / लक्ष्मी प्रिमियम मोटर्सले नेपाल भित्र्याएको मुलुकको सबैभन्दा महङ्गो लक्जरी गाडि BMW X7 xDrive 40i एक हप्ताभित्रै बिक्री भएको छ । 

    नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सका एकमात्र आधिकारिक आयातकर्ता र डिलर, लक्ष्मी प्रिमियम मोटर्सले ७ करोड रुपैयाँ पर्ने देशकै सबैभन्दा महँगो लक्जरी गाडि BMW X7 xDrive 40i ल्याएको एक हप्ताभित्र बिक्री भएको हो । 

    कम्पनीका अनुसार, यो मोडल कार्तिक २९ गते मात्रै नेपाल आयात गरिएको थियो। 

    अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, मजबूती, सुरक्षा, शक्ति, र विलासी सुविधाले सुसज्जित यो गाडि अहिलेसम्मको सबैभन्दा महँगो लक्जरी गाडि भएको कम्पनीले जनाएको छ । 

    सो बिक्रीले नेपाली उपभोक्ताबीच प्रिमियम गाडिप्रतिको चासो र रुचिलाई प्रस्ट रूपमा उजागर गरेको छ। 

    कम्पनीले जनाए अनुसार BMW X7 xDrive 40i को छोटो समयमा भएको सफल बिक्रीले नेपालमा प्रिमियम गाडिहरूको बजारमा नयाँ मापदण्ड स्थापना गरेको छ । 

    यो उपलब्धिले नेपाली बजारमा लक्जरी गाडिहरूको बढ्दो प्रभावलाई थप सशक्त बनाएको कम्पनीको भनाई छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार