काठमाडौँ / शुक्रबार अमेरिकी डलर एकको खरिदमा १३५ रुपैयाँ २८ पैसा र बिक्रीमा १३५ रुपैयाँ ८८ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी विनिमय दर अनुसार शुक्रबार युरोपियन युरो एकको खरिद मूल्य १४२ रुपैयाँ ३९ पैसा र बिक्री मूल्य १४३ रुपैयाँ ०२ पैसा पर्नेछ भने युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १७२ रुपैयाँ ०७ पैसा र बिक्रीमा १७२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८७ रुपैयाँ ०७ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ २३ पैसा र बिक्रीमा ९६ रुपैयाँ ६५ पैसा र सिङ्गापुरे डलर एकको खरिद दर १०० रुपैयाँ ८५ पैसा र बिक्री द र १०१ रुपैयाँ २९ पैसा तोकिएको छ ।
यसैगरी, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ०१ पैसा र बिक्रीमा ९ रुपैयाँ ५ पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ६२ पैसा र बिक्री दर १८ रुपैयाँ ७० पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ र बिक्री मूल्य ३६ रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिदमा ३७ रुपैयाँ ११ पैसा र बिक्रीमा ३७ रुपैयाँ २७ पैसा कायम गरिएको छ ।
युएई दिरहम एकको खरिदमा ३६ रुपैयाँ ८३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९९ पैसा, मलेसियन रिंिग्गट एकको खरिद दर ३० रुपैयाँ ५५ पैसा र बिक्री दर ३० रुपैयाँ ६९ पैसा, साउथ कोरियन वन १०० को खरिद मूल्य ९ रुपैयाँ ५४ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ५८ पैसा, हङ्कङ डलर एकको खरिदमा १७ रुपैयाँ ३८ पैसा र बिक्रीमा १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिद मूल्य ४३९ रुपैयाँ ९८ पैसा र बिक्री मूल्य ४४१ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिदमा ३५८ रुपैयाँ ७७ पैसा र बिक्रीमा ३६० रुपैयाँ ३६ पैसा र ओमानी रियाल एकको खरिद दर ३५१ रुपैयाँ ३७ पैसा र बिक्री दर ३५२ रुपैयाँ ९३ पैसा तोकिएको छ ।
विस्तृत तालिकामा हेर्नुस्