images
images

अमेरिकी डलर, युरोपियन युरोदेखि कतारी रियालसम्मको भाउ स्थिर हुँदा अन्य मुद्राको कति छ ?

अमेरिकी डलर, युरोपियन युरोदेखि कतारी रियालसम्मको भाउ स्थिर हुँदा अन्य मुद्राको कति छ ?

आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • अमेरिकी डलर, युरोपियन युरोदेखि कतारी रियालसम्मको भाउ स्थिर हुँदा अन्य मुद्राको कति छ ?
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।

    आज एक अमेरिकी डलरको खरिद मूल्य १३५ रुपैयाँ २१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ८१ पैसा तोकिएको छ भने  युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७१ पैसा तोकिएको छ । 

    यसैगरी, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रुपैयाँ ५७ र बिक्रीदर १७३ रुपैयाँ ३३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर १५४ रुपैयाँ ८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७६ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ३० पैसा र बिक्रीदर ९६ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिदार १०० रुपैयाँ ९२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ३७ पैसा तोकिएको छ । 

    जापानी येन १० को खरिददर ८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९ रुपैयाँ दुई पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा तोकिएको छ । साउदी अरेबियन रियालको भाउ भने सामान्य बढेको छ । यसअघि एकको खरिददर ३५ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ १५ पैसा रहेको साउदी अरेवियन रियाल आज बढेर एकको खरिदमा ३५ रुपैयाँ ९९ पैसा र बिक्रीमा ३६ रुपैयाँ १५ पैसा पुगेको हो । 

    कतारी रियालको भाउ भने आज स्थिर रहेको छ । आज कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ नौ पैसा र बिक्रीदर ३७ रुपैयाँ २५ पैसा कायम भएको छ । युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा, साउथ कोरियन वन एक सयको खरिदर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५६ पैसा तोकिएको छ । 

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४४० रुपैयाँ ५ पैसा र बिक्रीदर ४४२ रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी, बहराइन दिनार एकको खरिददर ३५८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६० रुपैयाँ १४ पैसा र ओमनी रियाल एकको खरिदर ३५१ रुपैयाँ १९ पैसा, बिक्रीदर ३५२ रुपैयाँ ७५ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार