काठमाडौँ / अब बजाजका मोटरसाइकल नागरिकताको आधारमा मात्रै सरल फाइनान्समार्फत खरिद गर्न सकिने स्किम लिएर आएको छ ।
बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को.प्रा.लि.ले नागरिकताको आधारमा मात्रै सरल फाइनान्समार्फत बजाज मोटरसाइकल खरिद गर्न सकिने स्किम ल्याएको हो ।
मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो फाइनान्स प्रक्रियालाई अझ सरल होस् भनी आफ्ना ग्राहकहरूको लागि यो स्किम ल्याएको कम्पनीले जनाएको छ ।
यसअघि मोटरसाइकल खरिद गर्दा घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयस्रोतको सर्टिफिकेट लगायतका विभिन्न कागजात आवश्यकता पर्दथ्यो ।
यी झन्झटहरुलाइ हटाएर अब भने बजाजका ग्राहकहरुले यी कागजातको सट्टामा नागरिकता मात्रै लगेर सहजै बजाजका मोटरसाइकल फाइनान्स मार्फत किन्न सक्नेछन् ।
किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टा भित्रै लोन पास गरेर ९.९९ प्रतिशत प्रतिशत सुलभ ब्याजदरमै सरल फाइनान्स मार्फत यो सुविधा पाउन सक्नेछन् ।
यो स्किम बजाजका देशभरका आधिकारिक शोरुमहरूमा उपलब्ध सबै मोडलहरूमा लागू हुने कम्पनीले जानकारी दिएको छ ।