images
images

अर्थमन्त्रीको आपत्ति : प्रधानमन्त्रीसँगको मेरो सम्बन्धलाई लिएर गलत प्रचार भयो

अर्थमन्त्रीको आपत्ति : प्रधानमन्त्रीसँगको मेरो सम्बन्धलाई लिएर गलत प्रचार भयो

आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • अर्थमन्त्रीको आपत्ति : प्रधानमन्त्रीसँगको मेरो सम्बन्धलाई लिएर गलत प्रचार भयो
    images
    images

    काठमाडौँ / अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्रीसँग आफ्नो सम्बन्ध बिग्रिएको भन्ने गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।  

    आइतबार पिजे क्लबले बबरमहलस्थित आर्ट ग्यालरीमा आयोजना गरेको फोटो  प्रदर्शनीमा अर्थमन्त्री पौडेलले प्रधानमन्त्रीसँग आफ्नो सम्बन्ध बिग्रिएको भनेर प्रचार भएकोमा आपत्ति जनाएका हुन् । 

    उनले भने, “यसमा सच्चाइको एउटा सानो अंश पनि छैन् । त्यस्तो धन्दामा रमाउने साथीहरुलाई मेरो आग्रह छ–मनको लड्डु घिउसँग खानुहोस् । यो भन्दा थप भन्नु पर्ने केही छैन् । यस्तो खालको अविश्वासनीय समाचारले कसैलाई पनि फाइदा गर्दैन् ।”

    उनले आफूहरू सरकारमा आउँदा समस्या र चुनौतीको चाङ रहेको भन्दै   त्यसैलाई पन्छाउने कोशिसमा सरकार रहेको बताए । अर्थतन्त्रको तरलता अहिले सहजताको अवस्थामा ल्याइ अर्थतन्त्रलाई अझ गतिशिल बनाउने दिशामा सरकार रहेको उनको भनाइ छ । 

    उनले भने, “हामी सरकारमा आउँदै गर्दा विरासतमा केही बोझहरु थिए । समस्याको चाङ थियो । त्यसलाई पन्छउँदै जाने काम गरिराखेको छौँ । क्रमशः विद्यमान चुनौतीहरुलाई, समस्याहरुलाई विस्तारै-विस्तारै पन्छाउने कोशिस गरिरहेका छौँ । हिजो बैंकको ब्याजदर बढी भयो भन्ने गुनासो थियो, सिंगल डिजिटमा झार्न सफल भएका छौँ । तरलता सहजताको अवस्थामा छ । हामी उत्पादकत्व वृद्धि, रोजगारी सृजनालगायतका क्षेत्रमा काम गरिरहेको छौँ । अर्थतन्त्रलाई अझ गतिशिल बनाउने दिशामा हामी लागेका छौँ ।”  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार