काठमाडौं / समृद्धि फाइनान्सले विवाह पञ्चमीको अवसरमा जनकपुर ३ स्थित राजदेवी मन्दिरको नजिकै करिब २ सय ५० भक्तजनहरुलाई पिउने पानी तथा चिया बितरण गरेको छ ।
मंसिर गत २१ गते शुक्रबारको दिन संस्थाको जनकपुर शाखाबाट भक्तजनहरुलाई सहयोग गरेको हो ।
साथै, मंसिर २२ गते शनिबारको दिन संस्थाको नारायणगढ शाखाबाट नारायणी किनारस्थित देवघाट धाममा सरसफाई कार्यक्रम र मधुवन शाखाबाट वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
वित्तीय साक्षरता कार्यक्रम मधुवनस्थित बहरदार टोलका ३५ जना स्थानीय बासिन्दा बिच, वित्तिय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशिल वित्तिय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान अभियानको मुख्य उद्देश्य रहेको बताइएको छ ।
समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरुमार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।