अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नेपाल एसबीआई बैंक लिमिटेडले नेतृत्व सीप सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले उपत्यकास्थित सम्पूर्ण शाखाका महिला कर्मचारीहरूलाई नेतृत्व सीप सम्बन्धी तालिमको आयोजना गरेको थियो ।
सो अवसरमा सम्पूर्ण महिला कर्मचारीहरूले नेतृत्व सीपलाई उजागर गर्दै उत्साह र एकताका साथ अन्तराष्ट्रिय नारी दिवस मनाए ।
काठमाडौंमा आयोजित उक्त कार्यक्रममा विश्वव्यापी रूपमा प्रख्यात भारतीय अमेरिकी नेतृत्व विज्ञ प्रशिक्षक र लेखिका पायल नानजियानीले नेतृत्व सीप सम्बन्धी प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बैंकिङ क्षेत्रमा महिलाहरूको उपलब्धि, योगदान, महिला सशक्तिकरण र समावेशिताको विषयमा समेत चर्चा गरिएको थियो ।
नेपाल एसबिआई बैंकले बिगत ३१ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे बैंक हो ।
हाल बैंकका १०० शाखा, २२ एक्स्टेशन काउन्टर १९ शाखा रहित बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।