काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, साउदी अरेबियन, थाई भाट, युएई दिराम, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालसम्मको मूल्य बढेको छ ।
यता, जापानी येन, साउथ कोरियन वन र मलेसियन रिङ्गेटको मूल्य भने घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ २८ पैसा र बिक्रीदर १३५ रुपैयाँ ८८ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ १३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर १५३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६५ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ७० पैसा र बिक्रीदर ९६ रुपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ५ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४९ पैसा निर्धारण गरेको छ ।
जापानी येन १० को खरिददर ०८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९ रुपैयाँ ०३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३६ रुपैयाँ १७ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिदर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १२ रुपैयाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ १९ पैसा र बिक्रीदर १९ रुपैयाँ २८ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४० पैसा र बिक्रीदर १७ रुपैयाँ ४८ पैसा, कुवेती दिनार एकको खरिददर ४४० रुपैयाँ २९ पैसा र बिक्रीदर ४४२ रुपैयाँ २५ पैसा, बहराइन दिनार एकको खरिददर ३५८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६० रुपैयाँ ३१ पैसा, ओमनी रियाल एकको खरिदर ३५१ रुपैयाँ ३८ पैसा, बिक्रीदर ३५२ रुपैयाँ ९४ पैसा तोकिएको छ ।
तालिकामा हेर्नुस्