images
images

स्ट्यान्डर्ड चार्टर्ड बैंकमा पहिलो पटक नेपाली सिइओ बने गोरखशम्शेर, को हुन् उनी ?

स्ट्यान्डर्ड चार्टर्ड बैंकमा पहिलो पटक नेपाली सिइओ बने गोरखशम्शेर, को हुन् उनी ?

राजा वीरेन्द्रका ज्वाइँ समेत हुन् । उनले वीरेन्द्रकी छोरी श्रुती राज्यलक्ष्मी शाहसँग विवाह गरेका थिए ।

मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • images
    images
    स्ट्यान्डर्ड चार्टर्ड बैंकमा पहिलो पटक नेपाली सिइओ बने गोरखशम्शेर, को हुन् उनी ?
    images
    images

    काठमाडौँ / स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नेपाली नियुक्त भएको छ । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले गोरखशम्शेर राणालाई सिइओमा नियुक्त गरेको हो । 

    images
    images

    सन् १९८७ देखि नेपालमा सञ्चालनमा आएको स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा सुरुदेखि नै विदेशी सिइओ नियुक्त हुँदै आएको थियो । 

    नयाँ सिइओका रूपमा राणाको नियुक्तिले विदेशी सिइओ नियुक्तिको क्रम तोडेको छ । राणा यसअघि बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत थिए । उनी विगत ३१ वर्षदेखि बैंकिङ सेवामा छन् । 

    २०५० सालमा तत्कालिन ग्रिनलेज बैंक (हालको स्ट्यान्डर्ड चार्टर्ड बैंक)मा सहायक स्तरको सेवा सुरु गरेका उनले तीन दशक भन्दा बढी समय सोही बैंकमा बिताएका छन् । 

    सहायक प्रबन्धकमा बढुवा भएका उनी कर्पोरेट बैंकिङ, क्रेडिट रिसर्च, कर्पोरेट एण्ड इन्सिच्युसनल बैंकिङ २०७० मा होलसेल बैंकिङ विभागको प्रमुख, २०३ मा कमर्सियल  एण्ड ग्लोबल बैंकिङ विभाग प्रमुख रहेका उनी २०७९ पुसमा डेपुटी प्रमुख कार्यकारी अधिकृत भएका थिए । 

    नेपालले केही समय अघि गरेको सार्वभौम क्रेडिट रेटिङमा रेटिङ एजेन्सी फेच रेटिङमा राणा सल्लाहकारसमेत थिए। उनले अमेरिकाको नक्स कलेजबाट अर्थशास्त्रमा स्नातक र इलिनोइस विश्वविद्यालयबाट एमबीए गरेका छन् ।

    उनी राजा वीरेन्द्रका ज्वाइँ समेत हुन् । उनले वीरेन्द्रकी छोरी श्रुती राज्यलक्ष्मी शाहसँग विवाह गरेका थिए । उनकी श्रीमती श्रुती राज्यलक्ष्मी शाहको दरबार हत्याकाण्डमा राजा विरेन्द्रसहित मृत्यु भएको थियो।  

    स्ट्यान्डर्ड चार्टर्डमै काम गरिसकेका बैंकरहरू सशिन जोशी, अनिल शाह, परशुराम कुँवर क्षेत्री तथा सुदेश खालिङ अन्य बैंकमा सीईओ भइसक्दा पनि स्ट्यान्डर्ड चार्टर्डले उपल्लो दर्जामा रहेका नेपाली कर्मचारीलाई यसअघि सीईओको जिम्मेवारी दिएको थिएन । तसर्थ सीईओमा राणाको नियुक्तिले विशेष अर्थ राख्छ ।

    गत आर्थिक वर्षको नाफाबाट स्टाण्डर्ड चार्टर्ड बैंकले ६.५ प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश वितरण गरेको छ।

    अघिल्लो वर्ष पनि यस बैंकले १५.५३ प्रतिशत लाभांश वितरण गरेको थियो। १० अर्ब चुक्तापुँजी रहेको बैंको सेयर मूल्य ६४४ रुपैयाँमा कारोबार भइरहेको छ। जुन बैंकिङ समूहको सवैभन्दा महंगो सेयर मूल्य हो। 

    चालू वर्षको पहिलो चार महिनामा स्टाण्डर्ड चार्टर्ड बैंकले १ अर्ब १३ करोड रुपैयाँ खुद नाफा गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार