images
images

भ्याली कन्स्ट्रक्सनले जग्गाको बक्यौता नबुझाएपछि वडा अध्यक्षले जफत गरे सामान

भ्याली कन्स्ट्रक्सनले जग्गाको बक्यौता नबुझाएपछि वडा अध्यक्षले जफत गरे सामान

मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • भ्याली कन्स्ट्रक्सनले जग्गाको बक्यौता नबुझाएपछि वडा अध्यक्षले जफत गरे सामान
    images
    images

    काठमाडौँ / भ्याली कन्स्ट्रक्सन प्रालिले सम्झौता अनुसार जग्गाको बक्यौता नबुझाएको भन्दै कम्पनीको सामान जफत गरिएको छ । मङ्गलबार ललितपुर महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गोपाल महर्जनले कन्स्ट्रक्सन प्रालिले म्याद दिए पनि बेवास्ता गरेर वडाको जग्गामा बसेको भन्दै सामान जफत् गर्न लागेको बताए । 

    उनले भने, “भ्याली कन्स्ट्रक्सनको नाममा भाडामा वडाको जग्गामा भाडामा लगाइएको थियो । सर्वोच्चमा मुद्दा परिसकेपछि परमादेश आदेश जारी भयो । बच्चाहरू खेल्ने ठाँउ बच्चाहरुकै लागि नै हुनुपर्छ भन्ने कुरा आयो । हामीले उहाँहरूलाई ३५ दिने म्याद दियौँ, म्याद दिदाँ पनि सम्पर्कमा नआउनु भए पनि वडाले फेरि १५ दिने सूचना दियो । त्यो सूचनापछि पनि नआएपछि उहाँहरूले सबै ताल्चा फुटाएर यहाँ भएको सामान सुरक्षित साथ राखेका हौँ । कम्पनी लिन आउने बेला पैसा तिरेर सामान लिएर जाने हो । लिन आउनु भएन भने यही सामानबाट असुलउपर गर्छौँ ।” 

     यस्तै, उनले उक्त कम्पनीले झण्डै साढे तीन करोड बक्यौता दिन बाँकी रहेको पनि बताए । उक्त भाडामा दिएको जग्गालाई सर्वोच्च अदालतले खुल्ला क्षेत्र नै राख्नुपर्छ भनेर आदेश दिए पनि कम्पनीलाई जग्गा खाली गर्न म्याद दिइएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार