images
images

मानव अधिकार आयोगको भवन निर्माण गर्ने र बजेटको व्यवस्थालाई परिमार्जन गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

मानव अधिकार आयोगको भवन निर्माण गर्ने र बजेटको व्यवस्थालाई परिमार्जन गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • मानव अधिकार आयोगको भवन निर्माण गर्ने र बजेटको व्यवस्थालाई परिमार्जन गर्ने अर्थमन्त्रीको प्रतिबद्धता
    images
    images

    काठमाडौँ / उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मानव अधिकारको सम्मान, संरक्षण र परिपूर्तिका लागि सरकारद्वारा विभिन्न सकारात्मक पहलहरू भइरहेको बताएका छन् । 

    मङ्बार ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा कार्यक्रममा उनले नेपाल सरकारले दिगो विकासको परिकल्पना अनुसार सम्मान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने विषयलाई प्राथमिकताका साथ नीति तथा कार्यक्रमहरूमार्फत सम्बोधन गरेको भन्दै त्यसलाई तीन तहको सरकारको समन्वय र सहकार्यमा पूरा गर्ने प्रयास गरिरहेको बताए । 

    उनले भने, “मानव अधिकारको सम्मान, संरक्षण र परिपूर्तिका लागि सरकारद्वारा विभिन्न सकारात्मक पहलहरू भइरहेका छन् । सरकारले दिगो विकासको लक्ष्य २०१५, २०३० ले परिकल्पना गरेको कोही पनि पछाडि नपरोस भन्ने मूल मर्मका साथ जनता, पृथ्वी, शान्ति र साझेदारी समृद्धिको लागि समान न्यायपूर्ण एवम सुरक्षित विश्व निर्माण गर्ने विषयलाई प्राथमिकताका साथ नीति तथा कार्यक्रमहरूमार्फत सम्बोधन गरि तीन तहको सरकारको समन्वय र सहकार्यमा पूरा गर्ने प्रयास गरिरहेको छ ।”

    यस्तै, उनले आयोगको भौतिक तथा आर्थिक सुधारका लागि आवश्यक पर्ने बजेटको व्यवस्थालाई समयानुकुल परिमार्जन गर्दै लाने पनि बताए । 

    उनले भने, “राष्ट्रिय मानव अधिकार आयोगका सिफारिसहरु कार्यान्वयन गर्ने कुरा सरकारले गम्भिरताका साथ लिएको छ । आयोगको भवन निर्माण कार्य ढिलाई भएको छ । आगामी वर्ष यसलाई प्राथमिकतामा राखेर अगाडि बढाउने विश्वास दिलाउन चाहन्छु । आयोगको भौतिक तथा आर्थिक सुधारका लागि आवश्यक पर्ने बजेटको व्यवस्थालाई समयानुकुल परिमार्जन गर्दै लगिने छ ।”

    उनले स्वतन्त्रता, समानता र मर्यादित् जीवनको लागि मानविय जीवनका आयामहरूको बृहत र सुक्ष्म अध्ययन आवश्यक भएको भन्दै त्यसको लागि मानव अधिकार आयोगमैत्री विकासको मान्यतालाई कार्यान्वयन गर्नुपर्ने बताए । 

    उनले आयोगको सशक्तिकरणका लागि यसको भूमिका प्रभावकारी बनाउनका लागि नेपाल सरकार सधैँ साथमा छ र साथ रहिरहने छ भन्ने विश्वास पनि दिलाएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार