images
images

मौसम पूर्वानुमान : देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहने

मौसम पूर्वानुमान : देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहने

शनिवार, मंसिर २९ २०८१
शनिवार, मंसिर २९ २०८१
  • मौसम पूर्वानुमान : देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहने
    images
    images

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।

    शनिबार कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आइबार र सोमबार देशभर मौसम मुख्यतया सफा रहने छ ।

    बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार