काठमाडौँ / एनसेलले एक विशेष साप्ताहिक फ्ल्याश सेल्स अफर सञ्चालनमा ल्याएको छ । सो योजनाले प्याक लिएर अफरमा सहभागी हुने प्रत्येक ग्राहकलाई प्रत्येक शनिबार डेटा वा भ्वाइस टक टाइम बोनस प्रदान गर्दछ ।
शनिबारका दिन मात्र उपलब्ध हुने यो अफरले ग्राहकलाई बिना कुनै अतिरिक्त शुल्क थप सेवा प्रदान गर्दछ ।
मंसिर २२ बाट संचालनमा आएको यो अफर पुष १३ सम्म लागू रहनेछ र यो अवधिको हरेक शनिबार ग्राहकहरूले सधैँ अनका निश्चित प्याकहरु र अनलिमिटेड डेटा प्याकहरूको खरिदमा बोनस डेटा वा भ्वाइस टक टाइमको फाइदा लिन सक्छन् ।
प्याकको आधारमा, ग्राहकहरूले १ जीबीदेखि १० जीबी डेटा वा १० देखि १०० मिनेटसम्मको अननेट टक टाइम बोनसको रूपमा प्राप्त गर्दछन् । उक्त अफरको फाइदा लिनको लागि, ग्राहकहरूले आफ्नो डिभाइसमा एनसेल एप रहेको हुनु पर्दछ ।
यदि एप नभएको खण्डमा डाउनलोड गरी ग्राहकले आफ्नो एनसेल नम्बर प्रयोग गरेर लग इन वा साइन अप गर्नु पर्दछ । प्रत्येक शनिबार, ग्राहकहरूले एनसेल एपको फ्ल्यास सेल्स सेक्सनमा गई सधैँ अन वा अनलिमिटेड डेटा प्याकहरू खरिद गर्न सक्छन् र खरिद पश्चाल तत्काल बोनस डेटा वा टक टाइम प्राप्त गर्न सक्छन् ।
सो अफर सधैँ अनका ३९९ रुपैयाँदेखि ९९९ रुपैयाँसम्मका प्याकहरू र ५० रुपैयाँ, १२५ रुपैयाँ र ९९९ रुपैयाँका अनलिमिटेड डेटा प्याकहरुमा उपलब्ध रहेको छन् ।
प्याक सुचारु भएसँगै ग्राहकले बोनस डेटा र टक टाइम प्राप्त गर्दछन् । उदाहरणका लागि ३९९ रुपैयाँको सधैँ अन खरिद गर्ने ग्राहकले प्याकमा पाइने (८ जीबी डेटा, ३९९ मिनेट टक टाइम र ३९ वटा एसएमएस) सेवा बाहेक थप १ जीबी डेटा बोनस स्वरूप प्राप्त गर्दछन् ।
त्यस्तैगरी, अनलिमिटेड डेटा प्याक खरिद गर्ने ग्राहकले पनि बोनस टक टाइम प्राप्त गर्दछन् । जस्तै ३ दिनको समयसिमा रहेको १२५ रुपैयाँ पर्ने अनलिमिटेड डेटा प्याकको खरिदमा ग्राहकले २० मिनेट अननेट टक टाइम बोनस प्राप्त गर्दछन् ।
यो अफरले बिना कुनै अतिरिक्त शुल्क थप सेवा बोनसका रूपमा प्रदान गर्ने र ग्राहकलाई डिजिटल बन्न सहयोग गर्ने भएकोले यसले विशेष महत्व राख्ने एनसेलले जनाएको छ । सधैँ अन प्याक खरिद गर्ने ग्राहकले एनसेल एपको माध्यमबाट आफ्नो बाँकी डेटालाई भ्वाइसमा वा बाँकी भ्वाइसलाई डेटासँग साट्न सक्ने विशेष सुविधा पनि प्रदान गर्दै आएको छ ।