images
images

क्यापिटल मर्चेन्ट बैंकिङ्गको १३ वर्षको साधारण सभा एकै पटक सम्पन्न, नाम परिवर्तनदेखि गाभ्ने/गाभिने निर्णयसम्म

क्यापिटल मर्चेन्ट बैंकिङ्गको १३ वर्षको साधारण सभा एकै पटक सम्पन्न, नाम परिवर्तनदेखि गाभ्ने/गाभिने निर्णयसम्म

सोमवार, चैत २५ २०८१
सोमवार, चैत २५ २०८१
  • क्यापिटल मर्चेन्ट बैंकिङ्गको १३ वर्षको साधारण सभा एकै पटक सम्पन्न, नाम परिवर्तनदेखि गाभ्ने/गाभिने निर्णयसम्म
    images
    images
    images
    images

    काठमाडौँ / क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेले १३ आर्थिक वर्षको साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले अध्यक्ष तिलक बहादुर रानाभाटको अध्यक्षतामा आर्थिक वर्ष २०६७/०६८ देखि ७९/०८० सम्मको वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

    नेपाल राष्ट्र बैंकले २०६९ सालमा समस्याग्रस्त संस्था घोषणा गरी सामान्य बैकिङ्ग कारोवारमा रोक लगाए पश्चात कम्पनीको साधारण सभा हुन सकेको थिएन । आफ्नो वित्तीय अवस्थामा सुधार ल्याई बाँकी रहेका लेखा परीक्षण कार्य सम्पन्न गरी राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीले आज १३ आर्थिक बर्षको साधारण सभा सम्पन्न गरेको हो । 

    सभाले बिगत १३ आर्थिक बर्षको वित्तीय विवरण पारित, लेखा परीक्षक नियुक्तिको अनुमोदन, संचालक समितिमा भएको परिवर्तन र कामकारवाहीको अनुमोदन, ऋण असुलीका कार्यहरुको अनुमोदन, संस्थाको नाम परिवर्तन गर्ने साथै गाभिने वा प्राप्तिसम्बन्धि बिषयहरुलाई सर्वसम्मत रुपमा पारित गरेको छ । 

    त्यस्तै, संस्थाको विनियमावलीको व्यवस्था बमोजिम सम्पन्न निर्वाचनमा संस्थापक शेयरधनीबाट तिलक बहादुर रानाभाट, जगत राज खनाल र रञ्जन रायमाझी तथा सर्वसाधारण शेयरधनीबाट निर्मल दाहाल र मोहन खड्का निर्विरोध निर्वाचित भएका छन् । संस्थाको स्वतन्त्र संचालकमा राजेश्वर श्रेष्ठ रहेका छन् ।  

    सभामा हालसम्म भएका कामकारवाही र संस्थाको वित्तीय अवस्थाको सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत प्रदीप भट्टराईले विस्तृत रुपमा प्रकाश पारेका थिए ।

    उनले वित्तीय अवस्थामा थप सुधार गरी संस्थालाई अघि बढाउन संस्थागत सुशासन, जोखिम व्यवस्थापन लगायतका कार्ययोजना सहित नेपाल राष्ट्र बैंकमा समस्याग्रस्त संस्थाबाट फुकुवाका लागि पेश गर्ने र संस्थालाई सामान्य बैकिङ्ग कारोवार गर्दै अघि बढाउने लक्ष्यका साथ क्रियाशील रहेको जानकारी गराए ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com