images
Logo
images
images
images

गुरु ट्राभल्सद्वारा ‘यात्रामा लगानी गरौँ’ कार्यक्रम सम्पन्न, दुई सयबढी विद्यार्थीहरू सहभागी

गुरु ट्राभल्सद्वारा ‘यात्रामा लगानी गरौँ’ कार्यक्रम सम्पन्न, दुई सयबढी विद्यार्थीहरू सहभागी

बिहिवार, पुस ४ २०८१
बिहिवार, पुस ४ २०८१
  • गुरु ट्राभल्सद्वारा ‘यात्रामा लगानी गरौँ’ कार्यक्रम सम्पन्न, दुई सयबढी विद्यार्थीहरू सहभागी
    images
    images

    काठमाडौँ / नेपालको प्रतिष्ठित ट्राभल एजेन्सी गुरु ट्राभल्स लिमिटेडले ‘यात्रामा लगानी गरौँ’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कम्पनीले बुढानिलकण्ठ – १०, कपन काठमाडौँस्थित जोसेफ हाई स्कूलमा रहेका २ सयभन्दा बढी विद्यार्थीहरू माझ ‘यात्रामा लगानी गरौँ’ कार्यक्रम सम्पन्न भएको हो । 

    कार्यक्रममा विद्यार्थीहरूलाई पर्यटनको महत्त्व बुझाउँदै यात्रामा लगानी गर्नका लागि प्रेरित गरिएको थियो । विद्यार्थीहरूमा पर्यटनप्रति चासो जगाउनु र यात्राको माध्यमबाट ज्ञान, अनुभव र सोचको विकास गर्नु कार्यक्रमको उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

    नेपालजस्तो पर्यटनमा सम्भावना भएको देशमा युवाहरूले पर्यटन प्रवर्द्धनमा खेल्न सक्ने भूमिकाबारे जानकारी गराइएको थियो । 

    कार्यक्रमको क्रममा जोसेफ हाई स्कूलका अध्यक्ष सूर्य बहादुर अधिकारीले यस प्रकारका कार्यक्रमहरूले विद्यार्थीहरूलाई यात्रा र घुमफिरको महत्त्व बुझ्न मात्र नभई देश तथा विश्वको ज्ञान र अनुभव हासिल गर्न महत्त्वपूर्ण भूमिका रहने कुरा जानकारी गराए । 

    त्यसैगरी, गुरु ट्राभल्स लिमिटेडका प्रमुख सञ्चालन अधिकृतले कार्यक्रम अन्तर्गत विशेष कक्षा सञ्चालन गर्दै विद्यार्थीहरूलाई पर्यटनका अवसर र सम्भावनाबारे विस्तृत रूपमा जानकारी गरे।

    उनले विद्यार्थीहरूको सहभागिता देखेर खुशी व्यक्त गर्दै, विद्यार्थीहरूको जिज्ञासा र उत्साहले नेपालमा पर्यटनको उज्ज्वल भविष्यको संकेत दिएको छ। 

    यस्ता कार्यक्रमले भविष्यमा पर्यटन क्षेत्रलाई अझ सशक्त बनाउन मद्दत गराउँछ। विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाउँदै पर्यटन र यात्राबाट प्राप्त हुने ज्ञान र अनुभवबारे सकारात्मक प्रतिक्रिया दिएका थिए।

    कार्यक्रमको सफलताका लागि विद्यालय प्रशासन, शिक्षकवृन्द, र विद्यार्थीहरूलाई गुरु ट्राभल्स परिवारले विशेष धन्यवाद व्यक्त गरेको छ। 

    नेपालमा पर्यटन प्रवर्द्धनका लागि गुरु ट्राभल्सले ‘यात्रा गरौँ, देश चिनौँ’ भन्ने नारासहित युवाहरूलाई यात्रा गर्न प्रेरित गर्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। 

    सो कार्यक्रमको सफलताले प्रेरित हुँदै, गुरु ट्राभल्सले यस्ता कार्यक्रमहरूलाई भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार