images
Logo
images
images
images

विज्ञापन बजारलाई चलायमान बनाउने नेपाल विज्ञापन संघको निष्कर्ष

विज्ञापन बजारलाई चलायमान बनाउने नेपाल विज्ञापन संघको निष्कर्ष

आइतवार, पुस १४ २०८१
आइतवार, पुस १४ २०८१
  • विज्ञापन बजारलाई चलायमान बनाउने नेपाल विज्ञापन संघको निष्कर्ष
    images
    images

    काठमाडौँ / नेपाली आम सञ्चार क्षेत्रको पहिलो औद्योगिक संगठन नेपाल विज्ञापन संघको २५औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीहरूलगायतको उपस्थितिमा दुई विशेष कार्यक्रमसहित संघको साधारण सभा सम्पन्न भएको हो । 

    सभाले महासचिव तथा कोषाध्यक्षबाट प्रस्तुत गरिएको छुट्टाछुट्टै बार्षिक तथा आर्थिक तथा आगामी आर्थिक बर्षको कार्यक्रम र अनुमानित आय-ब्यय विवरणहरू पारित गरेको छ । 

    कार्यक्रममा विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीहरूलगायत विज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरूलाई संलग्न गराई स्टेईंग रेलिभेन्टः रिसेपिंग नेपाल्स एडभर्टाईजिंग ल्याण्डस्केप शीर्षकमा बृहत अन्तर्क्रियासमेत गरिएको यिो । 

    कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ता, नेपाल चेम्बर अफ कमर्शका कमलेश अग्रवाल, मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्कर राज राजकर्णिकार, हिमालय टेलिभिजनका अध्यक्ष धर्म भुषाल तथा नेपाल बिज्ञापन संघका अध्यक्ष सुदिप थापाले आ-आफ्नो क्षेत्रको धारणा राखेका थिए । 

    विज्ञापन व्यवसायी रञ्जित आचार्यले राष्ट्रिय सामाजिक तथा आर्थिक परिप्रेक्षमा विज्ञापन तथा समग्र मिडिया उद्योगको वर्तमान अबस्थाको चित्रण गरेका थिए । 

    कार्यक्रममा विज्ञापन व्यवसायी तथा मिडियाहरू समय सापेक्ष रूपमा परिष्कृत हुनुपर्ने, विज्ञापनदाताहरूले पनि विज्ञापनलाई खर्च भन्दा लगानीको रूपमा लिनु पर्ने र विज्ञापनले गर्दा मिडियाहरूलाई आर्थिक आत्मनिर्भर बनाउने हुँदा मिडियाहरूले पनि विज्ञापनदाता र लक्षित समूहलाई आकर्षक हुने सामाग्री प्रस्तुत गरिएको थियो । 

    साथै सो कार्यक्रममा जनस्वास्थ स्वास्थ ऐन, क्लिन फिड नीतिलगायत विज्ञापनलाई बन्देज गर्ने कानुनहरूलाई समेत पुनः विचार गर्न सम्बद्ध सबै पक्षहरूले आ-आफ्नो क्षेत्रबाट आवश्यक पहल गर्ने निष्कर्षसहित प्रतिबद्धता जनाए । 

    News.JPG

    त्यसैगरी कार्यक्रममा बरिष्ठ सञ्चारकर्मीहरू यादव खरेल, भारती सिलवाल गिरी, ईमेज च्यानका अध्यक्ष आर के मानन्धर, कामना प्रकाशन समुहका संस्थापक अध्यक्ष स्व. पुष्करलाल श्रेष्ठ तथा कृष्ण पाउरोटीका घनश्याम राजकर्णिकारलाई नेपालको विज्ञापन उद्योग परिष्कृत भई आजको अवस्थामा ल्याउन योगदान पुर्याएवापत सम्मान प्रदान गरिएको थियो । 

    त्यसैगरी बर्षेनी एड फेष्टको अवसरमा थाईल्याण्डमा आयोजना हुने योंग लोटस वर्कशपमा सन् २०२४ मा नेपालको प्रतिनिधित्व गरी अष्ट्रेलियालगायत एशिया प्रशान्त क्षेत्रका १८ विज्ञापन बजारहरुका प्रतिनिधिहरूबिच भएको प्रतिष्पर्धामा उत्कृष्ट पाँच भित्र पर्न सफल भई विश्व विज्ञापन मानचित्रमा नेपालको नाम उल्लेख गराउन सफल भएका प्रशन्न श्रेष्ठ र साईष्मा घिमिरेलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार