काठमाडौँ / नेपाल राष्ट्र बैंकले बुधबारका लागि निर्धारण गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज अमेरिकी डलर, जापानी येन, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाललगायतको भाउ बढेको छ । त्यस्तै, युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरलगायतका मुद्राको भाउ घटेको छ ।
यसअघि एकको खरिदमा १३६ रुपैयाँ ५६ पैसा र बिक्रीमा १३७ रुपैयाँ १६ पैसा रहेको अमेरिकी डलरको भाउ आज पनि बढेको हो । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३९ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७२ रुपैयाँ १४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९० पैसा र बिक्रीदर ८५ रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ३२ पैसा र बिक्रीदर १०० रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर ८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८ रुपैयाँ ७६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८ रुपैयाँ ८१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा कायम भएको छ ।
यसैगरी, थाई भाट एकको खरिददर ३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७० पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा निर्धारण भएको छ ।
साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १२ रुपैयाँ ४८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ९७ पैसा, ओमनी रियाल एकको खरिदर ३५५ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ५८ पैसा तोकिएको छ ।
त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।