images
images

आज अमेरिकी डलर, कतारी रियालदेखि कुवेती दिनारसम्मको भाउ कति छ ? हेर्नुस् विनिमय दर ?

आज अमेरिकी डलर, कतारी रियालदेखि कुवेती दिनारसम्मको भाउ कति छ ? हेर्नुस् विनिमय दर ?

आइतवार, पुस २१ २०८१
आइतवार, पुस २१ २०८१
  • आज अमेरिकी डलर, कतारी रियालदेखि कुवेती दिनारसम्मको भाउ कति छ ? हेर्नुस् विनिमय दर ?
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आइतबारका अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा निर्धारण गरेको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ०२  पैसा र बिक्रीदर १४१ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ र बिक्रीदर १७० रुपैयाँ ७४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५० रुपैयाँ ६७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३३ पैसा तोकिएको गरिएको छ ।
     
    अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २१ पैसा र बिक्रीदर ८५ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ११ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।
     
    त्यस्तै, जापानी येन १० को खरिददर ८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा कायम भएको छ ।
     
    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा,  मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ ।

    साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १२ रुपैयाँ ३७ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रुपैयाँ ८० पैसा र बिक्रीदर ४४५ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ८४ पैसा, ओमनी रियाल एकको खरिदर ३५५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २४ पैसा तोकिएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार