images
images

पुराना गाडीसँग बिवाइडीको ब्रान्ड न्यू इभि साट्न सकिने, माघ ९ देखि देशभर ‘एक्सचेन्च फेस्ट’ हुँदै

पुराना गाडीसँग बिवाइडीको ब्रान्ड न्यू इभि साट्न सकिने, माघ ९ देखि देशभर ‘एक्सचेन्च फेस्ट’ हुँदै

सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • images
    images
    पुराना गाडीसँग बिवाइडीको ब्रान्ड न्यू इभि साट्न सकिने, माघ ९ देखि देशभर ‘एक्सचेन्च फेस्ट’ हुँदै
    images
    images

    काठमाडौँ / बिवाइडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने भएको छ । पाँच दिनसम्म चल्ने उक्त मेला माघ ९ देखि १३ गतेसम्म आयोजना हुन लागेको हो । 

    images
    images

    एक्स्चेन्ज कार्यक्रममा ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डको पुरानो गाडीसँग बिवाइडीको ब्रान्ड न्यू इभि साट्न सक्नेछन् । यसरी एक्सचेन्ज गर्दा ग्राहकले उत्कृष्ट मूल्याङ्कनको साथै एक्सचेन्ज बोनस, लोयल्टी बोनस, निशुल्क प्रिमियम एसेसोरिज र निःशुल्क चार्जर जडानको सुविधा पाउनेछन् । 

    कार्यक्रम काठमाडौँ उपत्यकाका पाँच स्थानसहित बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, विरगन्ज, पोखरा, बनेपा, नेपालगन्ज र नारायणघाटमा अयोजना हुनेछ । 

    एक्सचेन्ज फेस्टमा सहभागी भएर ग्राहकले पुरानो गाडीसँग बीवाईडीको एट्टो३, डल्फिन र एम६ जस्ता चर्चित र लोकप्रिय इभि एक्सचेन्ज गर्न सक्नेछन् । बिवाइडी नेपाली बजारमा सर्वाधिक बिक्री हुने ईभी ब्रान्ड हो । नेपाली बजारमा यसको एट्टो३, डल्फिन र एम६ मोडल निकै लोकप्रिय मानिन्छन् । 

    बिक्रीपछिको सेवा र चार्जिङ पूर्वाधारको विकासमा साइमेक्स इंकले पुर्याउँदै आएको योगदानका कारण नेपालमा यो ब्रान्डलाई रुचाउने इभि पारखीको जमात निकै ठूलो छ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार