images
images

केई एक्स–३ प्रो अब ९९ किलोवाटमा उपलब्ध, सुरुवाती मूल्य र विशेषता यस्तो छ

केई एक्स–३ प्रो अब ९९ किलोवाटमा उपलब्ध, सुरुवाती मूल्य र विशेषता यस्तो छ

बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • केई एक्स–३ प्रो अब ९९ किलोवाटमा उपलब्ध, सुरुवाती मूल्य र विशेषता यस्तो छ
    images
    images

    काठमाडौँ / केई मोटर्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटीले ९९ किलोवाट मोटर पावरमा केई एक्स-३ प्रो ईभी नेपालमा उपलब्ध गराएको छ । 

    अझै बढी पर्फमेन्स र दक्षतायुक्त एक्स-३ प्रो को सुरुवाती मूल्य ४३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो अफर केहि अवधिको लागी मात्र लागु हुनेछ । कम्प्याक्ट एसयूभी सेगमेन्टमा यो सबैभन्दा अफोर्डेबल एसयूभी हुनेछ । 

    एक्स-३ प्रो एक इलेक्ट्रिक सवारी साधन मात्र नभएर अत्याधुनिक प्रविधि, स्लिक डिजाइन र अतुलनीय पर्फमेन्सको संगम समेत हो । यसमा ५३.६ किलोवाट आवर क्षमतायुक्त सीएटीएल (क्याटल) को लिथियम आइरन फस्फेट ब्याट्री छ, जसले २६० एनएम सम्मको उच्चतम टर्क प्रदान गर्छ । 

    यसले सिंगल चार्जमा ३७० किलोमिटरसम्मको रेन्ज दिन्छ । यसको ब्याट्रीलाई फुल चार्ज गर्न ५ देखि ७ घण्टा लाग्छ । यसलाई घरैमा ७ किलोवाटको एसी चार्जर प्रयोग गरी ८ घण्टामा चार्ज गर्न सकिन्छ । त्यसैगरी डीसी फास्ट चार्जिङको सहयोगबाट ३० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।  

    एक्स-३ प्रो ईभीको लम्बाई ४४४३ एमएम, चौडाई १८३१ एमएम र उचाई १६४६ एमएम छ भने यसको ह्विलबेस २६३२ एमएम छ । यी सबैका कारण पाँच सिट क्षमताको यो गाडीमा पर्याप्त इन्टेरियर स्पेस छ । 

    केई एक्स-३ प्रोको फ्रन्टमा म्याकफर्सन इन्डिपेन्डेन्ट सस्पेन्सन र रियरमा मल्टी–लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन छ । यसको ग्राउन्ड क्लियरेन्स १८३ एमएम छ । 

    विभिन्न पाँच कलर अप्सनमा केई एक्स-३ प्रो ईभी उपलब्ध हुनेछ । नेपालभरि बलियो उपस्थितीसँग, केई नेपालले भाटभटेनी नक्सल, धनगढी, नेपालगञ्ज, दाङ, भैरहवा, भरतपुर, हेटौँडा, दमक र बिरतामोडमा स्थित नौ वटा शोरूम सञ्चालन गर्दै आएको छ । 


    यीवीन केई अटोमोवाइल कम्पनी लिमिटेड (केई अटो) चेरी अटोमोवाइल कम्पनीको लगानीमा स्थापना भएको हो । सन् २०१४ मा स्थापना भएको केई अटोमोवाइलसँग आफ्नै आरएण्डडी र मुख्य टेक्नोलोजी रहेको छ । कम्पनीले प्रयोग गर्ने हाई पर्फमेन्स, मल्टीसेन्स, एक्पान्डेवल एण्ड मोडूलर प्लेटफर्म रहेको छ । पेट्रोलियम इन्जिन र ईभी दुबैमा काम गर्दै आएको कम्पनीसँग सेडान, एसयूभी र एमपीभी छन् । यसको मुख्यालय चीनको सिचुवान प्रान्तमा रहेको यीवीन सिटीमा रहेको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार