images
images

जंगलमा हुने यौन सम्बन्ध होटलमा केन्द्रीत हुँदा हेटौँडामा बढ्दै यौन व्यवसाय, किन मौन छन् प्रहरी प्रशासन ?

जंगलमा हुने यौन सम्बन्ध होटलमा केन्द्रीत हुँदा हेटौँडामा बढ्दै यौन व्यवसाय, किन मौन छन् प्रहरी प्रशासन ?

आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • जंगलमा हुने यौन सम्बन्ध होटलमा केन्द्रीत हुँदा हेटौँडामा बढ्दै यौन व्यवसाय, किन मौन छन् प्रहरी प्रशासन ?
    images
    images

    मकवानपुर /  मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिकामा रहेका होटल तथा लजहरूमा यौन व्यवसाय बढ्दै जान थालेको छ ।
    हेटौँडाको सबैभन्दा ठूलो बसपार्क हेटौडा बसपार्कमा यौन व्यवसायीहरू पछिल्लो समय होटल केन्द्रित हुन थालेपछि यौन व्यवसाय बढेको पाइएको हो । 

    पहिला हेटौँडा उपमहानगरपालिका वडा नं. १० मा रहेको वनविज्ञान प्रतिष्ठानको जंगलमा यौन सम्बन्ध राख्ने युवतीहरू अहिले होटलमा केन्द्रित भएको स्थानीय व्यवसायी बताउँछन् । 

    ट्रक तथा मोटरसाइकल चालकहरूलाई जंगलमै यौन सम्पर्क गराउने युवतीहरू केही समययता होटल तथा लजहरूमा देखिन थालेको स्थानीय ललिता रिजालले बताइन् । 

    जंगलमा असुरक्षा र प्रहरीको तारो बन्ने डरले उनीहरूको रोजाइमा होटल तथा लज परेको स्वयं उनीहरू बताउँछन् । हेटौँडाका कतिपय होटल तथा लजहरूले बाहिरबाट सम्पर्क गरी यौनकर्मीलाई बोलाएर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

    उनीहरूले आर्थिक लाभ लिनका लागि बाहिरबाट युवती, महिला, किशोरीहरू बोलाएर यौन सम्पर्क गराउने गरेका छन् तर, मकवानपुर जिल्ला प्रहरी कार्यालयले त्यसतर्फ ध्यान नदिएको स्थानीय रिजालले बताइन् ।

    पछिल्लो समय समस्याका रूपमा यौन व्यवसाय देखापरेको रिजाल बताइन् । प्रायः गरी दिनमा यौनकर्मीहरू समय तोकेर होटलमा बस्ने र होटल तथा लज सञ्चालकहरूले मोबाइलमार्फत ग्राहक खोजेपछि यौनकर्मी बोलाउने गरेको सामाजिक अगुवाहरु बताउने गर्छन् ।

    कतिपयले त कोठामा नै राखेर ग्राहकसँग मोलमोलाई गर्ने गरेको पाइएको छ । त्यस्ता ग्राहकहरूले घण्टाको हिसाबमा पैसा दिन्छन् र यस्ता ग्राहकबाट होटल तथा लज सञ्चालकलाई मुनाफा हुने गरेको स्थानीयहरुको भनाई छ । 

    स्मार्ट सिटीको रूपमा अगाडि बढिरहेको हेटौँडामा यौन व्यवसायका कारण बदनामी हुन थालेको बुद्धिजीवीहरूको भनाइ छ । उनीहरूले यसतर्फ प्रशासनले चासो देखाउनुपर्ने बताएका छन् ।

    होटल एशोसिएसन, मकवानपुरका अध्यक्ष दिलिश गोविन्द जोशीले केही होटल तथा लजहरूमा यौन व्यवसाय हुने गरेको आफूले सुनेको बताए । उनले प्रहरीसँग समन्वय गरेर त्यस्ता होटल तथा लजहरूमा अनुगमन गर्ने र यौन क्रियाकलाप गरेको पाइएमा प्रहरीसमक्ष बुझाउने बताए । उनले कुनै होटलमा त्यस्तो गतिविधि भइरहेको भएमा तुरुन्त संघलाई वा प्रहरीलाई जानकारी दिन अनुरोध गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार