काठमाडौँ / नेपाल एलपी ग्यास उद्योग सङ्घले १९ बुँदे माग राखेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी संघले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।
संघका अध्यक्ष शिव घिमिरेले एकतर्फी ढंगबाट राज्यकोतर्फबाट लगानीको सरक्षणको सट्टा निरुत्साहित गर्ने सरकारको रणनीति रही रहेमा,उद्योग सञ्चालनलाई निरन्तरता दिन नसक्ने बताए ।
विगत ५५ वर्ष अगाडिदेखि सानो परिणाममा प्रयोगमा हुँदै आएको एल.पी. ग्याँसका उपभोग गर्ने उपभोक्ताको संख्या हालसम्म ४३ प्रतिशत छ ।
नेपाल एलपी ग्याँस उद्योग संघ नेपालको ५९ वटै उद्योगहरुको एक मात्र छाता संगठन हो । संघले जारी गरेको १९ बुँदे ज्ञापनपत्र यस्तो छ :
१. २०८१ साल माघ ३० गते बुधबारदेखि देशभरका ५९ वटै एलपी ग्याँस उद्योगहरूले नेपाल आयल निगमबाट प्रोडक्ट डेलिभरी अडर (P.D.O) खरिद नगर्ने नगराउने ।
२. २०८१ फागुण १ गते बिहिबारदेखि २०८१ फाल्गुण ५ गते सोमबारसम्म सबै ग्याँस उद्योगहरूले बिरोधका कार्यक्रमहरूबारे स्थानीय सबै संघ संस्था सञ्चार माध्यमहरूमार्फत र केन्द्रमा नेपाल एलपी ग्याँस उद्योग संघले प्रचार प्रसार गर्ने र सरकारका सबै सरोकार वाला निकाय राजनीतिक दल उपभोक्ताबादी संघ संस्था ग्याँस बिक्रेता संघ संगठन तथा अन्य पेट्रोलियम क्षेत्रका संघ सस्थाहरू सञ्चार माध्यममार्फत आम उपभोक्ताहरूलाई जानकारी गराउने ।
३. २०८१ फाल्गुण ६ गते मंगलबारदेखि भारतको इन्डियन आयलका नेपालका लागि लोड हुने एलपी ग्याँसको ग्याँस ब्लेट कुनै पनि लोड नगर्ने नगराउने।
४. २०८१ फागुन १२ गते सोमबारदेखि नेपालका लागि लोड भएर आयका कुनै पनि ग्याँस बुलेटहरू कुनै पनि भन्सार नाकाबाट नछुटाउने ।
५. २०८१ फाल्गुण १८ गते आइतबारदेखि सबै नेपालका ५९ उद्योगहरु जायज मागहरू सम्बोधन नभएमा अनिश्चित कालिन बन्द गर्ने ।
६. २०८१ फागुन २२ गते शनिबारदेखि देशभरका ग्याँस बिक्रेता डिपोहरूले सम्पूर्ण बन्द गरिदिन अनुरोध गर्ने ।
७. काठमाडौँ, ललितपुर, भक्तपुर लगायत देशका प्रमुख सहरहरूमा सरकारले नेपाल एलपि ग्यास उद्योग संघलाई जग्गा उपलब्ध गराउने र जुन जुन ग्याँस उद्योगले स्थानिय बजारमा ग्याँस बिक्री गर्दै आएका छन् त्यस्ता ग्याँस उद्योगहरूले उक्त स्थानमा सामूहिक डिपो राख्न सक्नेछ। जसबाट समय समयमा हुने ग्याँसको अभावको बेला ग्याँसको आपूर्ति गर्न सहज हुने छ ।
८. नेपाल सरकारले ग्याँस प्रयोगको सुरक्षासम्बन्धी जनचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेछ। एलपी ग्याँस दुर्घटना रोक्न, कमसल पाइप तथा रेगुलेटर प्रयोगमा कडाइ गर्न, र सुरक्षासम्बन्धी नियम पालना गराउन कानुनी व्यवस्था लागू गरिनु पर्नेछ। साथै, २०७० सालमा सरकार र संघबीच भएको ७५ प्रतिशत–२५ प्रतिशत कार्यविधिलाई तत्काल लागू गरिनु पर्नेछ।
९. पेट्रोलियम ऐनरनिएमर कानुनको निर्माण गरि एउटा छुट्टै पेट्रोलियम बोर्ड प्राधिकरण नियमन निकाय खडा गर्नु पर्ने र सोका लागि निजी क्षेत्र तथा विज्ञको सहभागितामा सुझाव आयोग गठन गर्नु उचित हुने छ । नेपालमा हालसम्म पेट्रोलियम ऐन नियम कानुन को व्यवस्था नहुदा भारतीय विस्फोटक ऐन अन्तर्गत पेट्रोलियम कारोबार एवं उद्योगहरु स्थापना तथा सञ्चालन भैरहेकाले आफ्नै राष्ट्रिय ऐन नियम कानुन तथा छुट्टै नियमन निकाय भएमा व्यवस्थित व्यवस्थापनका साथै अनुगमन र नियन्त्रण पारदर्शिता एवं निष्पक्षता हुने हुँदा उक्त कार्य गर्नुपर्ने देखिन्छ ।
१०. ग्याँस सिलिन्डर दुर्घटनाको अनुसन्धान तथा न्यूनिकरणका लागि प्राविधिकसहितको स्वतन्त्र अनुगमन समिति स्थायी रूपमा गठन गरिनुपर्नेछ। यसले दुर्घटनाका कारणहरूको सत्यतथ्य विवरण सार्वजनिक गरी सुधारात्मक नीति निर्माण गर्न सघाउनेछ। साथै, ग्यास विक्रेताहरूको मापदण्ड प्रमाणिकरण तथा व्यवस्थापन सुरक्षाका दृष्टिले प्रभावकारी रूपमा कार्यान्वयन गरिनु पर्नेछ ।
११. नेपाल आयल निगम लि। सञ्चालक समितिले नेपाल एलपि ग्याँस उद्योग संघ मागपत्र सम्वन्धमा अध्ययन सहित सुझाव पेश गर्न गठित समितिको मिती २०८१–०९–१८को प्रतिवेदनमा यस संघका तर्फबाट राखिएको ६ बुँदे फरक मतलाई सम्बोधन गर्नु पर्ने ।
क. आयकर ऐन, २०५८ को (दफा १९ सँग सम्बन्धित) अनुसूची २ मा द्वासको दरहरू स्पष्ट रुपमा उल्लेख हुँदा हुँदै प्ग् र त्ग् को प्रतिवेदनमा उक्त ह्रासदरहरूलाई वेवास्ता गरी ह्रास कट्टी गरिएको ।
ख. ग्याँस बुलेटको आयु २० वर्ष कायम गरी नेपाल आयल निगमको विनियमावलीको विषय उल्लेख गरिएको भएतापनि भारतमा ग्याँस बुलेटको आयु १० वर्ष मात्र रहेकोले सोही बमोजिम प्रतिवेदनहरू परिमार्जन गराइनुपर्ने ।
ग. डिलरको कमिशन प्रतिशतमा हिसाव गरिएजस्तै ग्याँसको मुनाफा समेत प्रतिशतमा कायम हुनुपर्ने ।
घ. नेपाली बजारमा सिलिण्डरको मूल्य २५०० भन्दा कम वि सं २०७५ मा भन्दा कहिल्यै नभएको रेकर्ड तथा विलहरु नेपाल आयल निगममा सुरक्षित रहँदा रहँदै पनि काठमाडौँ विश्वविद्यालयको प्रतिवेदनमा उक्त विषयलाई वेवास्ता गरिएको ।
ङ. नेपाली ग्याँस उद्योगको उत्पादनमा नेपाल गुणस्तर मान (NS) लागू भइसकेको एवं श्रम ऐन लागु भइ सकेकोले उक्त मापदण्ड पालना गर्न समेत सञ्चालन खर्च बढ्दै गएको विषयलाई प्रतिवेदनमा समावेश नगरिएको ।
च. काठमाडौँमा गाडीको माइलेज TU को प्रतिवेदनमा स्पष्ट मापदण्डमा आउन नसकेको ।
१२. नेपाली ग्याँस उद्योगको नेपाली नम्बरका निजी ग्याँस बुलेट सञ्चालनका लागि आवस्यक पर्ने एक्सप्लोसिभ लाइसेन्स सम्बन्धमा नेपाल आयल निगम लिमिटेडको स्वीकृक्तिमा नेपाली ग्याँस उद्योगहरुका नाममा भारतीय एक्सप्लोसिभ मापदण्ड बमोजिम निर्माण भई आयात भएका नेपाली नम्बर प्लेटका बुलेटहरु भारतीय एक्सप्लोसिभ विभाग नागपुरले विना कारण इजाजत नदिई ७ वर्ष देखि खडा रहेको कारण नेपालको लागि आयात हुने एल। पि। ग्याँस लोड हुन नसकेको र हाल संचालनमा रहेको विभिन्न भारतीय ट्रान्सपोर्ट एशोसिएशन बिच २०७३–०६–०२ मा भएको सम्झौता अनुसार गत डिसेम्बर २०१७ देखि नै सम्झौताको म्याद समाप्त भैसकेको र तत्पश्चात नेपाली बुलेट मात्र सञ्चालनमा ल्याउने सम्झौता अनुरुप हाल सम्म पनि नेपाली बुलेट सञ्चालनमा ल्याउन नसकेको हुदा कुनै पनि रायमा बुलेट कारण नेपालमा ग्याँस आपूर्तिमा कठिनाई हुन सक्ने भएकोले तत्काल नेपाली नम्बरका ग्याँस बुलेट संचालनका लागि आवश्यक कुटनीतिक पहल गरि सो को निकास दिनु पर्ने । अन्यथा देशमा ग्याँस आपूर्ति ठप्प हुनसक्ने संकटको जिम्मेवारी र क्षतिपुर्ति निगमले व्यहोर्नुपर्ने।
१३. ई.पी.डी.ओ. सम्बन्धमा नेपाल आयल निगमले एल.पि. ग्याँसको आयातमा नेपाली उद्योगहरुको कोटा अनुसारको ई.पी.डी.ओ. रकम अग्रिम बैंकमा दाखिला गरि एक महिनाको समय अवधि राखी ई.पी.डी.ओ. दिइन्छ र ट्याङकरहरुले ई.पी. डी.ओ. पुनः नविकरण गर्नु पर्ने अवस्था आएमा अर्को १० दिन पछि निगममा आइपुग्छ र नविकरण पश्चात पुन रिफाइनरी पठाउँदा सोही अनुसारको समय लाग्दछ । तसर्थ २१ औँ शताब्दीको प्रविधिको प्रयोग गर्दै छिटो छरितो भरपर्दो र समयको बचतका साथै लगानीको समेत सुरक्षालाई दृष्टिगत गरि निगमले ई.पी.डी.ओ.को अवस्था तत्काल लागू गर्नु पर्ने ।
१४. जनचेतना कार्यक्रम सम्बन्धमा खान पकाउने एलपी ग्याँसको खपत वार्षिक करिब १७ प्रतिशत प्रतिशत सम्म वृद्धि हुदै गएको र नेपाल सरकारले प्रत्येक वर्ष राजस्व असुली गर्ने गरेको छ भने आम उपभोक्ताहरू एलपी ग्याँस प्रयोग गर्दा अपनाउनु पर्ने सुरक्षाको बारेमा अनविज्ञ हुँदा र कमसल पाइप, रेगुलेटर प्रयोग गर्दा र प्रयोग गर्ने विधि र अपनाउनु पर्ने सावधानी नजान्दा वा अन्य कारण बाट आगलागी हुदा हरेक वर्ष ठुलो जनधनको ऊ क्षति हुने गरेकोले यस संघले जनचेतना गराउन जोड दिदै आएको र नेपाल सरकार र संघ बिच मिति २०७०–०२–२० मा भएको सम्झौता तत्काल कार्यान्वयन गरि जनधनको क्षति हुन बाट बचाऊ कार्य गर्ने जोडदार माग गर्दछौँ ।
१५. स्थानीय कर सम्बन्धमा अति आवस्यकिय बस्तु एल पी ग्याँसमा स्थानीय निकायहरू (गाविस, नगरपालिका, उप महानगरपालिका, महानगरपालिका, जिल्ला विकास समिति) लगायत अन्य संघ संस्थाहरु बाट स्थानीय कर (पार्किङ शुल्क, प्रवेश शुल्क, निकासी शुल्क, कवाडी शुल्क) र अन्य कर लाग्ने गरेकोले सो खर्च मूल्यमा समायोजन वा सो कर बाट एल पी ग्याँसलाई मुक्त गर्नुपर्ने ।
१६. ग्याँस उद्योगहरूको सम्पूर्ण खर्चहरू जोडी हुन आउने परल मूल्यमा प्राविधिक नोक्सानीप्रति सिलिण्डर ०.१५ प्रतिशत हुनु पर्ने साथै उद्योग सञ्चालन खर्च समायोजन सम्बन्धमा नेपाल सरकारले ल्क् लागू गरे पश्चात कर्मचारी तलव वृद्धि, इन्धनको मूल्यवृद्धि, श्रम ऐनले लागू गरेका प्रावधान, मुद्रास्फिर्ति आदिले गर्दा ग्यास उद्योग सञ्चालन खर्चमा निकै वृद्धि हुनगएकोले वैज्ञानिक ढंगले यसको मूल्याङ्कन गरी वृद्धि भएको खर्च समायोजन गरिदिनु पर्ने ।
१७. उद्योगहरू मर्जर सम्बन्धमा मुलुकमा आवश्यकता भन्दा बढी उद्योग भएको संसदिय समिति, नेपाल सरकार र यस संघले पनि महशुस गरेको हुँदा दुई वा दुई भन्दा बढी ग्यास उद्योगहरू एक आपसमा मर्ज हुन चाहेमा मर्ज गर्न सकिने आवश्यक कानुनी व्यवस्था लागू हुनु पर्ने ।
१८. नेपाल आयल निगम नेपाल सरकारको पूर्ण स्वामित्वको व्यापारी संस्था भएर पनि पेट्रोलियम आयात गरी उद्योग, डिलर बिक्रेता, ढुवानी कर्तालाई कार्य विभाजन गर्ने व्यापार बाहेक अन्य कार्य गरेको हाल सम्म पाइएको छैन हामी चाहन्छौँ हाम्रो मातृसंस्थाको उन्नति प्रगति गरि यसले ठूलो मात्रामा राजस्व सङ्कलन गरोस् देश बाट यति ठुलो मात्रामा युवा युवती रोजगारीको खोजिमा विदेश पलायन भैरहेका छन्, देश भित्र रोजगारी सिर्जना होस् ।
नेपाल आयल निगमले नेपाली उपभोक्ताबाट आर्जन गरेको कमाइबाट पि.पि.पि. मोडल जस्तै पेट्रोलियम क्षेत्रमा काम गर्ने पेट्रोल पम्प, ग्यास उद्योगी, ढुवानीकर्ता, आयल निगम कर्मचारी, पेट्रोलियम मजदुर चालक सहचालक, सबै निगम संघ आवद्ध भएकालाई आरक्षण सेयर र अन्य स्वदेशी विदेशी लगानीकर्तालाई समेत आकर्षण हुने । नेपालका लागि अत्ति नै महत्वपूर्ण विकासका आयोजना सडक, हाइड्रोपावर, तारे होटेल, जडिबुटी प्रशोधन केन्द्र कृषि पर्यटन, स्थानीय उत्पादन उद्योग, खाद्यान्न, रासायनिक मल कारखाना, दैलेखको पेट्रोलियम खानी, फलाम खानी, विविध कार्य अध्ययन गरि नयाँ क्षेत्र पहिचान गरि कार्यविधि निर्माण गरि कार्य गर्दै लैजानु पर्ने ।
१९. इन्डियन आयल कर्पोरेशनबाट नेपाल आयल निगम मार्फत आयात भैरहेको खाना पकाउने एल. पि. ग्याँसको गुणस्तर मापन गर्ने आयल निगमसँग हालसम्म पनि ल्याब समेत नहुँदा नेपालले आयात गरी रहेको एल.पि. ग्याँसको गुणस्तरबारे निगम, उद्योगी, बिक्रेता, उपभोक्ता अनविज्ञ रहनु परेकोले ७ महिनाभित्र गुणस्तरी आधुनिक ल्याबको स्थापना हुनुपर्ने ।