images
images

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ‘राष्ट्रिय टेन के रन’ प्रतियोगिता आयोजना गर्ने

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ‘राष्ट्रिय टेन के रन’ प्रतियोगिता आयोजना गर्ने

आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • images
    images
    साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ‘राष्ट्रिय टेन के रन’ प्रतियोगिता आयोजना गर्ने
    images
    images

    साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आगामी फागुन ११ गते शाइन रेसुङ्गा ‘राष्ट्रिय टेन के रन’ प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘रन टु साइन’ नाराका साग बैंकले १७ औन् वार्षिकोत्सवको अवसरमा एथलेटिक्समा लोकप्रिय विधाको रूपमा रहेको १० किलोमिटरको राष्ट्रिय स्तरको दौड प्रतियोगिताको सुरुवात गर्न लागेको हो ।

    images
    images

    राष्ट्रिय स्तरका धावक सहभागी रहने प्रतियोगिताको पुरस्कार राशी ५ लाख रुपैयाँ राखिएको छ । प्रतियोगितामा खुल्ला, स्थानीय ( ५० बर्ष सम्म र स्थानीय ( ५० वर्ष भन्दा माथिका गरी तीन विधा रहेका छन् । 

    प्रतियोगिताको पुरुष तथा महिला विधाका विजेता धावकले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले जनही ४० हजार, तेस्रो हुनेले २० हजार, चौथोँ हुनेले १५ हजार र पाँचौं हुनेले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

    यस्तै, स्थानीय धावकको सहभागीता बढाउन ५ किलोमिटरको दौडमा ५० बर्ष सम्म र ५० वर्ष भन्दा माथीको गरि दुई विधा राखिएको छ । विजेता महिला पुरुष खेलाडीले जनही १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोंले २ हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् । 

    प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी तथा धावकले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको आधिकारिक वेबसाइट धधध।कचमद।अयm।लउ मा गई अथवा सिधँै जततउकस्ररकचमद।अयm।लउरअबmउबष्नलरकजष्लभचभकगलनबचगल  लिंकमा गएर नाम दर्ता गर्न सक्नेछन् । दौड बैंकको केन्द्रिय कार्यालय कालिकानगरबाट सुरु भएर मणिग्राम चोक हुँदै पुन केन्द्रिय कार्यालयमा पुगेर समापन हुनेछ ।

    राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स संघको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगितामा स्थानीय पालिकाहरुको समेत समन्वय र सहकार्य हुनेछ । प्रतियोगिताको व्यवस्थापन र अपरेसनमा कखरा इभेन्ट जोडिएको छ । 

    बित्तिय क्षेत्रमा विगत १६ वर्षदेखि सेवा उपलब्ध गराउँदै आएको नेपालको लोकप्रिय बैंकको रुपमा रहेको साइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले विभिन्न सामाजिक क्रियाकलापमा आफूलाई अग्रणी रूपमा सामेल गर्दै आएको छ ।

    त्यसैको निरन्तरता स्वरूपमा खेलकुदमार्फत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यसहित राष्ट्रिय स्तरको दौड प्रतियोगितालाई घोषणा गरेको बैंकले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार