न्यूर्योक / मेटलाइफले आफु फच्र्युन म्यागजिन २०२५ को विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीहरूको सूचीमा पर्न सफल भएको घोषणा गरेको छ । उत्कृष्ट प्रतिष्ठित कम्पनीहरूको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरू समावेश गरिएको थियो ।
मेटलाइफका अध्यक्ष र सीईओ मिशेल खलाफले भने,“मेटलाइफको उद्देश्य हाम्रो रणनीतिक आधारशिला हो, जसले हामीलाई हाम्रा सबै सरोकारवालाहरूका लागि सेवा प्रदान गर्न मार्गदर्शन दिन्छ । यो सम्मानले देखाउँछ कि हाम्रो उद्देश्यप्रति साँचो रहँदा, हामी महत्वपूर्ण व्यावसायिक नतिजा प्रदान गर्न सक्छौं र अझ विश्वस्त भविष्य निर्माण गर्ने हाम्रो परम्परालाई निरन्तर विस्तार गर्न सक्छौं ।”
पछिल्ला २५ वर्षभन्दा बढी समयदेखि, फच्र्युुन र कर्न फेरिले सहकार्य गर्दै कर्पोरेट प्रतिष्ठाका आधारमा कम्पनीहरूको पहिचान र मूल्यांकन गर्दै आएका छन् । ३,००० भन्दा बढी शीर्ष कार्यकारीहरू, निर्देशकहरू, र वित्तीय क्षेत्रका सदस्यहरूलाई आफ्नै उद्योगका प्रतिष्ठानहरूलाई नौ विशेषताका आधारमा मूल्यांकन गर्न भनिन्छ । यी विशेषताहरूमा नवीनता, दीर्घकालीन लगानी मूल्य, वित्तीय स्थायित्व, र प्रतिभा आकर्षित तथा कायम राख्ने क्षमता जस्ता तत्वहरू समावेश छन् ।