काठमाडौँ / जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा बन्दना कुमारी जैन नियुक्त भएकी छन् । संस्थाको माघ २४ गते बसेको ११५औँ सञ्चालक समितिको बैठकले विराटनगर महानगरपालिका–६ मोरङ्ग निवासी जैनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । उनको कार्यकाल आगामी ४ बर्षसम्म हुनेछ ।
