नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सकसहित कर्मचारी

नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सकसहित कर्मचारी

सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सकसहित कर्मचारी

    काठमाडौँ / नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालले विशेषज्ञ चिकित्सक, नर्ससहित विभिन्न कर्मचारी माग गरेको छ । एक सूचना प्रकाशित गरी कलेजले विशेषज्ञ स्वास्थ्य प्राविधिक जनशक्ति माग गरेको हो ।

    सूचना अनुसार कलेजले कार्डियोलोजी, न्यूरोलोजी, ग्यास्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजी, न्यूरो सर्जरी लगायतका विषयमा विशेषज्ञ चिकित्सक माग गरेको छ । सम्बन्धित विषयमा एमडी, एमएस, डिएम, एमसिएच, एमडिएस पुरा गरेकाहरूले माघ ३० गतेभित्र दरखास्त दिन सक्नेछन् । 

    प्रकाशित सूची अनुसार कलेजले नाक कान घाँटी, फरेन्सिक मेडिसिन, फिजियोलोजी, स्टाफ नर्स, ओरल मेडिसिन तथा रेडियोलोजी, फिजियोथेरापिस्ट तथा हेमोडायलाइसिस टेक्निसियन माग गरिएको छ।

    कलेजले अस्पताल तथा सम्बन्धित विषयमा अनुभव हासिल गरेकाहरूलाई प्राथमिकता दिने जनाएको छ । 

    इच्छुक उम्मेदवारले आफ्नो व्यक्तिगत बायोडाटा इमेलमार्फत पठाउनु पर्नेछ । योग्यता पुगेका उम्मेदवारलाई कलेज प्रशासनले अन्तरवार्ताका लागि बोलाउने छ ।

    स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउँन थप जनशक्तिहरू माग गरिएको हो । कलेजले चाँडै क्याथ ल्याबसमेत सञ्चालन गर्न गइरहेको छ ।  

    Note.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com