images
images

डिर्भोसको मुद्दा टुङ्गिएपछि एलिनाले लेखिन् – प्रिय विष्णु, पत्नीका रूपमा पाउने सम्पत्ति तिम्रै प्रगतिका लागि छोडेकी छु

डिर्भोसको मुद्दा टुङ्गिएपछि एलिनाले लेखिन् – प्रिय विष्णु, पत्नीका रूपमा पाउने सम्पत्ति तिम्रै प्रगतिका लागि छोडेकी छु

मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • images
    images
    डिर्भोसको मुद्दा टुङ्गिएपछि एलिनाले लेखिन् – प्रिय विष्णु, पत्नीका रूपमा पाउने सम्पत्ति तिम्रै प्रगतिका लागि छोडेकी छु
    images
    images

    काठमाडौँ /  काठमाडौँ जिल्ला अदालतले सम्बन्धविच्छेदको मुद्दामा फैसला गरेसँगै गायिका एलिना चौहानले विष्णु सापकोटालाई शुभकामना दिएकी छन् । 

    images
    images

    उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै विष्णुसँगको वैवाहिक सम्बन्ध अल्पायु मै पूर्णविराम लागेको बताउदै शुभकामना दिएकी हुन् । उनले पत्नीको रूपमा आफूले पाउने सम्पत्तिसमेत श्रीमानको प्रगति र उन्नतिका लागि छोडेको बताउँदै शुभकामना दिएकी छन् । उनले लेखेकी छन्, “पत्नीका रूपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु। तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु।”  

    आजदेखि स्वतन्त्र भएर कानुनी रूपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको गायिका चौहानले उल्लेख गरेकी छन् । 

    मंगलबार काठमाडौँ जिल्ला अदालका न्यायाधीश मोना सिंहको इजलासले अंश र मानाचामल नलिने गरी सम्बन्धविच्छेदको मुद्दा टुंगो लगाएका हुन् । 

    यस्तो छ एलिनाको फेसबुक स्टाटस 

    प्रिय बिष्णु, 
    अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्। 
    तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्। 
    तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्। 
    हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ। 
    वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ। 
    तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ। 
    भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ। 
    जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ। यो रहरले होईन। जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ। 
    आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ। 
    पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु। 
    तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार