images
images

पूर्वप्रधानमन्त्री चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ को कभर सार्वजनिक

पूर्वप्रधानमन्त्री चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ को कभर सार्वजनिक

शनिवार, फागुन ३ २०८१
शनिवार, फागुन ३ २०८१
  • images
    images
    पूर्वप्रधानमन्त्री चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ को कभर सार्वजनिक
    images
    images

    काठमाडौँ /  पूर्वप्रधानमन्त्री तथा मदन पुरस्कार प्राप्त साहित्यकार लोकेन्द्रबहादुर चन्दद्वारा लिखित आत्मकथा लोकेन्द्रबहादुर चन्द पुस्तकको कभर सार्वजनिक  भएको छ । 
    शनिबार ८६ वर्ष प्रवेशको अवसर पारेर उनले लेखेको कुञ्जद्वारा प्रकाशित आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ पुस्तकको कभर सार्वजनिक भएको हो ।

    पुस्तक आउँदो २०८२ साल जेठ महिनाभित्र प्रकाशित हुने पनि जानकारी गराइएको  छ । पुस्तकमा लोकेन्द्रबहादुर चन्दले भोगेको, देखेको जीवनको बारेमा बताइएको छ । 
    उनी कसरी पश्चिम पहाडको बैतडीबाट जीवन प्रारम्भ गरेर नेपालमा चार पटक प्रधानमन्त्री बन्न सफल भए ?

    प्रधानमन्त्री हुँदाका बखत के के कार्यहरू भए ? त्यसअघि उनको जीवनमा के के घटना भए ? कसरी राजनीतिमा लाग्दालाग्दै साहित्य कोर्न सफल भए ? मदन पुरस्कार प्राप्त लेखक कसरी बने ? उनको जीवनमा कस्ता कस्ता मोडहरू आए ? विषम परिस्थिति आउँदा उनले कसरी त्यसलाई व्यवस्थापन गरे ? जीवनभर इमान्दार बनेर पनि काम गर्न कसरी सकिन्छ ? जस्ता कुरा किताबभित्र रोचक तरिकाले प्रस्तुत गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार