images
images

सेयर बजार : वित्त सेक्टरले उचाल्यो बजार, नेप्सेसँगै बढ्यो कारोबार रकम

सेयर बजार : वित्त सेक्टरले उचाल्यो बजार, नेप्सेसँगै बढ्यो कारोबार रकम

आइतवार, फागुन ४ २०८१
आइतवार, फागुन ४ २०८१
  • images
    images
    सेयर बजार : वित्त सेक्टरले उचाल्यो बजार, नेप्सेसँगै बढ्यो कारोबार रकम
    images
    images

    काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.५६ अङ्कले बृद्धि भएको छ । बिहीबार घटेर २६७८.४७ बिन्दुमा थामिएको नेप्से परिसूचक आज २६९८.०३ बिन्दुमा पुगेको हो । 

    नेप्से उकालो लागेसँगै आज सेयर कारोबार रकममा समेत उच्च बृद्धि भएको देखिएको छ । बिहीबार ७ अर्ब ९२ करोड १३ लाख रुपैयाँको कारोबार कायम भएकोमा आज ९ अर्ब ४७ करोड ३ लाख ८२ हजार रुपैयाँको कारोबार भएको हो ।  

    आज १७६ ओटा कम्पनीको सेयर मूल्य बढ्दा ६३ कम्पनीको मात्रै मूल्य घटेको छ । मूल्य स्थिर हुने कम्पनीको सङ्ख्या भने ४ वटा रहेको छ । 

    यो दिन ३०९ धितोपत्रको २ करोड ९ लाख ड४ हजार ४४० कित्ता सेयर ९६ हजार २८२ पटकमा खरिद बिक्री भएको छ । बजार पुँजीकरण रकमसमेत बढेर आज ४४ खर्ब ७८ अर्ब ९४ करोड २९ लाख ६८ हजार कायम भएको छ । 
    वित्त समूहमा उछाल

    आइतबार सेयर बजारका १३ वटा सेक्टरमध्ये वित्त समूहमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ । यो दिन वित्त समूहको परिसूचक ४.९४ प्रतिशतले बृद्धि भएको छ । 

    त्यस्तै, होटल तथा पर्यटन, लगानी र लघुवित्त समूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बृद्धि हुँदा बैंकिङ समूहको परिसूचक पनि १ प्रतिशतको हाराहारीमा बढेको छ । अन्य सेक्टरको परिसूचक सामान्य बढ्दा म्युचुअल फण्ड र निर्जीबन बिमा समूहको परिसूचक घटेको छ । निर्जीबन बिमा समूहको परिसूचक १.१५ प्रतिशतले घटेको हो । 

    चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट 

    आइतबार चार ओटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स र जानकी फाइनान्सको सेयर मूल्यमा आज पोटेटिभ सर्किट लागेको हो । 

    त्यस्तै, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य आज पनि सर्किट लेभलमा अर्थात ९.९९ प्रतिशतले नै बढेको छ भने पोखरा फाइनान्सको सेयर मूल्य ९.९८ प्रतिशतले बृद्धि भएको छ । 

    यता, न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा आज पनि नेगेटिभ सर्किट लागेको छ । अघिल्लो कारोबार दिन पनि यो कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट नै लागेको थियो । त्यसैगरी, एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पनि आज ९.५५ प्रतिशतले घटेको छ । 

    आइतबारको कारोबार रकममा सर्वाधिक बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको भएको छ । यो कम्पनीको सेयर कारोबार रकम सर्वाधिक बढी ३३ करोड ५४ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार