images
images

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सद्वारा विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सद्वारा विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सोमवार, फागुन ५ २०८१
सोमवार, फागुन ५ २०८१
  • images
    images
    गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सद्वारा विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
    images
    images

    काठमाडौँ / गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले विद्यार्थीहरूलाई लागि डिजिटल बैंकिङ सम्बन्धमा जानकारी दिने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले काठमाडौँ महानगरपालिका वडा नंं ६ बौद्धमा अवस्थित अरुणिमा एजुकेशन फाउन्डेसनका विद्यार्थीहरूका लागि वित्तीय जानकारी अभिबृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

    कम्पनीले डिजिटल बैंकिङ्ग अन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट बैंकिङ सेवा प्रयोग गर्न सकिने हुँदा समय र श्रमको बचत भई आफ्नो खाता र बैंकिङ्ग कारोवारलाई सुरक्षित राख्न पासवर्ड र दुई-चरण प्रमाणीकरण जस्ता उपायहरू प्रयोग गर्न सकिने, आफ्नो खाता र बैंकिङ्ग कारोवारको जानकारी तुरुन्तै लिन सक्ने, मोबाइल एप्स र वेबसाइटहरूमार्फत सजिलै पैसा पठाउन र प्राप्त गर्न सकिने विषयमा वित्तिय जानकारी दिई डिजिटल बैंकिङ्गबारे वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । 

    उक्त कार्यक्रममा संस्थाका बौद्ध शाखाका शाखा प्रबन्धक दिगम्बर श्रेष्ठ, सूचना प्रविधि विभाग का विभागिय प्रमुख सुजन डंगोल तथा अन्य कर्मचारीहरुको र अरुणिमा एजुकेशन फाउन्डेसनका तर्फबाट प्रिन्सिपल ईश्वरी प्रसाद न्यौपानेको समुपस्थिति रहेको थियो ।

    संस्थागत सामाजिक उत्तर दायित्वअन्तर्गत यस संस्थाले विगत वर्ष देखि नै वित्तीय साक्षरता तथा सामाजिक कार्यमा सहभागीता जनाउँदै आइरहेकोे छ । आगामी दिनहरूमा पनि यसैगरी निरन्तरता दिने कुरामा यस संस्था प्रतिबद्व छ ।

    संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै एटिएम सेवा, कबाभ मभउयकष्त लकर सेवा, डिम्याट खाता, मोबाइल बैंकिङ्ग सेवाहरू जस्ता आधुनिक बैकिङ्ग सेवाहरू प्रदान गर्दै आईरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार