images
images

उर्जामन्त्री खड्का, उर्जा सचिव र विद्युत नियमन आयोगविरुद्ध अख्तियारमा उजुरी

उर्जामन्त्री खड्का, उर्जा सचिव र विद्युत नियमन आयोगविरुद्ध अख्तियारमा उजुरी

मंगलवार, फागुन १३ २०८१
मंगलवार, फागुन १३ २०८१
  • उर्जामन्त्री खड्का, उर्जा सचिव र विद्युत नियमन आयोगविरुद्ध अख्तियारमा उजुरी
    images
    images
    images
    images

    काठमाडौँ / नेपाल सरकार उर्जा मन्त्रालयले उद्योगीहरूको पक्ष लिई नेपाल विद्युत प्राधिकरणलाई विद्युत महसुल बक्यौता नउठाउन पटक–पटक ताकेता गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। 

    समृद्धिका लागि सुशासन अभियान नामक संस्थाका तर्फबाट संस्थाका संयोजक पवित्रमणी शर्माले, उर्जा मन्त्रालयले विद्युत नियमन आयोग र आयोगले नेपाल विद्युत प्राधिकरणलाई पटक-पटक काटेको पत्रसहित उजुरी हालेको हो ।

    उर्जा मन्त्रालय, विद्युत नियमन आयोग र नेपाल विद्युत प्राधिकरणबीच लामो समयदेखि चलेको ‘विद्युत महसुल सम्बन्धि विवाद’ चल्दै आएको छ । विद्युत प्राधिकरणको काम विद्युत महसुल उठाउने भएको उल्लेख गरिएको छ । 

    विद्युत महसुल नै नउठा भन्दै उर्जा मन्त्रालयबाट पटक पटक निर्देशन तथा कथित छानबिन आयोग निर्माण गरि महसुल उठाउन रोक लगाइएको विषयबाट आयोग बेखबर छैन भन्दै समृद्धिका लागि सुशासन अभियान नामक संस्थाले अख्तियारमा आज उजुरी दर्ता गराएको जनाएको छ ।

    आवश्यक अनुसन्धान गरी कारवाहीको माग गर्दै दर्ता नम्बर सि–०५०१७३ मिति २०८१ फागुन १३ गतेको दर्ता भएको उक्त उजुरीमा भनिएको छ – “पछिल्लो समय विद्युत नियमन आयोगलाई हतियार बनाएर पटक–पटक विद्युत प्राधिकरणलाई निर्देशन दिने काम भएको देखिन्छ ।” 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com