images
images

दिपलको स्टेट-अफ-आर्ट सोरुम बुटवलमा : फ्रि डायमन्ड कोटिंग, क्यास डिस्काउन्टदेखि एक्सचेन्ज बोनससम्म

दिपलको स्टेट-अफ-आर्ट सोरुम बुटवलमा : फ्रि डायमन्ड कोटिंग, क्यास डिस्काउन्टदेखि एक्सचेन्ज बोनससम्म

images
बुधवार, फागुन १४ २०८१
बुधवार, फागुन १४ २०८१
  • दिपलको स्टेट-अफ-आर्ट सोरुम बुटवलमा : फ्रि डायमन्ड कोटिंग, क्यास डिस्काउन्टदेखि एक्सचेन्ज बोनससम्म
    images
    images
    images
    images

    नेपालका लागि चांगान तथा दिपल इभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आजबाट लुम्बिनीको बुटवलस्थित कालिकानगरमा दिपलको नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । 

    एमएडब्लु वृद्धिले जेनस मोटर्समार्फत लुम्बिनी प्रदेशका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल इभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ सोरुम सञ्चालनमा ल्याएको हो । 

    दिपलको नयाँ सोरुमको उद्घाटन बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ र जेनस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्रकुमार श्रेष्ठले संयुक्त रूपमा गरेका हुन् । 

    de.JPG

    यसै अवसरमा संसारकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई०७ को बिक्री सुरु गरिएको छ । 

    बुटवलमा नयाँ सोरुम खुलेको अवसर पारेर एमएडब्लु वृद्धिले भैरहवास्थित मौर्य होटलबाट बिहीबारबाट तीन दिनका लागि टेस्ट डाइभ द फ्युचर नाम दिइएको टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प पनि सुरु गरेको छ ।

    सो अवधिमा लुम्बिनी प्रदेशका इभी प्रेमीले दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभीहरू दिपल ई०७, दिपल एस०७ र दिपल एल०७ को टेस्ट ड्राइभ गर्न सकिनेछ । 

    टेस्ट ड्राइभ क्याम्पमा ग्राहकले फ्रि डाइमण्ड कोटिंग, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, आकर्षक क्यास डिस्काउन्ट र टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको बेस्ट भ्यालुएसन र एक्स चेन्ज बोनस पनि पाउनु हुनेछ ।

    deepal news`1.JPG

    यसका अलावा दिपलका इभी टेस्ट ड्राइभ गर्नु हुने सबैले दिपलको तर्फबाट उपहारसमेत पाइनेछ ।

    दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरू छन् जसका कारण यो इभी नेपाली बजारमा ७ सयभन्दा बढी बिक्री भइसकेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार