images
images

स्वरोजगार लघुवित्तको एफपिओमा आजदेखि खुला, अधिकतम् कति कित्तासम्मलाई आवेदन दिन सकिन्छ ?

स्वरोजगार लघुवित्तको एफपिओमा आजदेखि खुला, अधिकतम् कति कित्तासम्मलाई आवेदन दिन सकिन्छ ?

आइतवार, फागुन १८ २०८१
आइतवार, फागुन १८ २०८१
  • images
    images
    स्वरोजगार लघुवित्तको एफपिओमा आजदेखि खुला, अधिकतम् कति कित्तासम्मलाई आवेदन दिन सकिन्छ ?
    images
    images

    काठमाडौँ / स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्काशन (एपपिओ) आज (आइतबार)देखि खुला भएको छ ।

    images
    images

    लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीको एफपिओमा न्यूनतम १० कित्ता र अधिकतम्मा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

    एफपिओमा लगानीकर्ताहरूले फागुन छोटो अवधि फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिभित्र पनि पर्याप्त आवेदन नपरेमा चैत ३ गतेसम्म एफपिओ खुला रहनेछ । 

    लघुवित्तले क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालबाट वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिमयुक्त सङ्केत इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्राप्त गरेको छ। 

    लघुवित्तको एफपिओमा सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल लघुवित्तको चुक्ता पूँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँ रहेकोमा एफपीओ निष्काशनपश्चात ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुग्नेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार