images
images

सेयर बजार : नेप्से परिसूचक २५ अङ्कले घटेसँगै खुम्चिदै कारोबार र पुँजीकरण रकम, कसले कति गुमाए ?

सेयर बजार : नेप्से परिसूचक २५ अङ्कले घटेसँगै खुम्चिदै कारोबार र पुँजीकरण रकम, कसले कति गुमाए ?

बुधवार, फागुन २१ २०८१
बुधवार, फागुन २१ २०८१
  • images
    images
    सेयर बजार :  नेप्से परिसूचक २५ अङ्कले घटेसँगै खुम्चिदै कारोबार र पुँजीकरण रकम, कसले कति गुमाए ?
    images
    images

    काठमाडौँ / बुधबार नेप्से परिसूचक २५.१६ अङ्कले घटेर २८२१.१३ बिन्दुमा झरेको छ । तीन दिनदेखि घटिरहेको बजारमा आज कारोबार रकम पनि घटेको छ । मङ्गलबार नेप्से घटेर २८४६.३० बिन्दुमा झरेको थियो ।  

    images
    images

    मङ्गलबार सेयर बजारमा आज १२ अर्ब  ९४ करोड ६४ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएकोमा आज भने १० अर्ब ९७ करोड २६ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

    बुधबार ६२ ओटा कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ कम्पनीको घटेको छ । ८ कम्पनीको मूल्य आज स्थिर रह्यो । 

    बुधबार ३०८ कम्पनीको २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता सेयर १ लाख १६ हजार ३ पटकमा किनबेच भए । आज पुँजीकरण रकम पनि घटेर ४६ खर्ब ६८ अर्ब ४३ करोड रुपैयाँ कायम भएको छ । 

    बुधबार कारोबारमा आएका व्यापारिक समूह बाहेक सेक्टरको परिसूचकमा घटेको छ । यस दिन व्यापारिक समूहको परिसूचक भने ०.४३ प्रतिशतले बढेको छ ।

    जसमा सर्वाधिक बढी वित्त समूह १.५७ प्रतिशत, निर्जीबन बिमा १.५१ प्रतिशत, जीवन बिमा १.४८ प्रतिशत, लगानी समूह १.२४ प्रतिशत, विकास बैंक १.३१ प्रतिशत, बैंकिङ समूह १.०४ प्रतिशतले घटेको छ ।  

    यसैगरी, होटल तथा पर्यटन समूह ०.९३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.९२ प्रतिशत, अन्य समूह ०.७६ प्रतिशत, लघुवित्त समूह ०.५० प्रतिशत र म्युचुअल फण्ड ०.१५ प्रतिशतले घट्यो । 

    कारोबारमा आएदेखि सर्किट लेभलमा बढेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आज पनि सो क्रमलाई निरन्तरता दिएको छ । प्रतिकित्ता १३८ रुपैयाँले मूल्य बढेर यो कम्पनीको सेयर मूल्य १५२०.२० रुपैयाँ कायम भएको छ । 

    यसैगरी, समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पनि सर्किट लागेको छ । प्रतिकित्ता २६९.८० रुपैयाँले बढेर यो कम्पनीको सेयर मूल्य २९६८ रुपैयाँ कायम भएको छ । 

    यसैगरी, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९५ प्रतिशत अर्थात १७४ रुपैयाँले बढेर १९२२ रुपैयाँ कायम भएको छ भने माउन्टेन हाइड्रो नेपाल लिमिटेडको सेयर मूल्य ८.८२ प्रतिशतले बढेर प्रतिकित्ता ३०४.९० रुपैयाँ कायम भएको छ । 

    बुधबार ग्रीन डेभलपमेन्ट बैंकको लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ६.८४ प्रतिशतले घटेर १३६० रुपैयाँ कायम भएको छ । 

    यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.५१ प्रतिशतले घटेर प्रतिकित्ता १२ सय रुपैयाँ र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.१० प्रतिशतले घटेर ४२१० रुपैयाँ कायम भएको छ । 

    आजको कारोबार रकममा पनि हिमालयन रिइन्स्योरेन्सको हिस्सा सर्वाधिक बढी रहेको छ । कुल कारोबार रकममा यो कम्पनीको हिस्सा ९६ करोड ७० लाख ९५ हजार रुपैयाँ छ । 

    त्यस्तै, दोस्रो स्थानमा रहेको  नेपाल पुनर्बिमा कम्पनीको आज ९० करोड  लाख ४८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
     
    कारोबार बन्द हुने समयसम्म हिमालयनको सेयर मूल्य १११५ रुपैयाँ कायम भएको छ । मङ्गलबार ११२४.१० रुपैयाँ पुगेको यो कम्पनीको सेयर मूल्य आज घटेको हो । 

    त्यस्तै, नेपाल पुनर्बीमाको १३४५ रुपैयाँ पुगेको छ । मङ्गलबार १३४१ रुपैयाँ रहेकोमा यो कम्पनीको मूल्य भने आज बढेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार