images
images

कुलमान घिसिङलाई हटाए सडक र सदनबाट आन्दोलन गर्ने राप्रपाको चेतावनी

कुलमान घिसिङलाई हटाए सडक र सदनबाट आन्दोलन गर्ने राप्रपाको चेतावनी

बुधवार, फागुन २१ २०८१
बुधवार, फागुन २१ २०८१
  • images
    images
    कुलमान घिसिङलाई हटाए सडक र सदनबाट आन्दोलन गर्ने राप्रपाको चेतावनी
    images
    images

    काठमाडौँ / राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाए सडक र सदनबाट दुबैबाट  आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

    images
    images

    बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अँध्यारो नेपालबाट उज्यालो नेपाल बनाउने घिसिङलाई हटाउने प्रपञ्च गरिएको भन्दै कुलमानलाई हटाइयो भने,नेपाललाई अन्धकारतिर धकेलेको भनेर सडक र सदन दुबैबाट आवाज उठाउने बताएका हुन् । 

    उनले भने, “अन्धकार नेपाललाई उज्यालो नेपाल बनाउने कुलमानलाई कारबाही गर्ने मात्र होईन कि शुन्य अंक दिने रे फेल हुनेलाई पास, पास हुनेलाई फेल कस्तो हो यो ? कुलमान घिसिङलाई हटाउने जुन प्रपञ्च गरिँदैछ र मन्त्रिपरिषद्ले निर्णय हुँदैछ भन्ने सुन्नमा आएको छ । यदि कुलमानलाई हटाइयो भने, नेपाललाई अन्धकारतिर धकेलेको भनेर सडक र सदन दुबैबाट आवाज उठ्छ ।” 

    त्यस्तै, उनले सरकारले विधिको शासन उल्लङ्घन गर्ने काम गरेको भन्दै आपत्ति जनाए ।   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार