images
images

नेपाल एसबिआई बैंकद्वारा नेतृत्व सीप सम्बन्धी कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकद्वारा नेतृत्व सीप सम्बन्धी कार्यक्रम सम्पन्न

सोमवार, फागुन २६ २०८१
सोमवार, फागुन २६ २०८१
  • images
    images
    नेपाल एसबिआई बैंकद्वारा नेतृत्व सीप सम्बन्धी कार्यक्रम सम्पन्न
    images
    images

    काठमाडौँ / अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा, नेपाल एसबीआई बैंक लिमिटेडले उपत्यकास्थित सम्पूर्ण शाखाका महिला कर्मचारीहरूलाई नेतृत्व सीप सम्बन्धी तालिमको आयोजना गरेको थियो ।

    images
    images

    सो अवसरमा सम्पूर्ण महिला कर्मचारीहरूले नेतृत्व सीपलाई उजागर गर्दै उत्साह र एकताका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाए । काठमाडौँमा आयोजित उक्त कार्यक्रममा विश्वव्यापी रूपमा प्रख्यात भारतीय अमेरिकी नेतृत्व विज्ञ, प्रशिक्षक र लेखिका, पायल नानजियानीले नेतृत्व सीप सम्बन्धी प्रशिक्षण दिएकी थिइन् ।

    कार्यक्रममा बैंकिङ क्षेत्रमा महिलाहरूको उपलब्धि, योगदान, महिला सशक्तिकरण र समावेशीताको विषयमा समेत चर्चा गरिएको थियो ।

    नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ ।

    हाल बैंकका १०० शाखा, ६६ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ८ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार