images
images

मंगलबारको राशिफल : आजको दिन तपाईँको लागि कति शुभ कति अशुभ ?

मंगलबारको राशिफल : आजको दिन तपाईँको लागि कति शुभ कति अशुभ ?

मंगलवार, फागुन २७ २०८१
मंगलवार, फागुन २७ २०८१
  • images
    images
    मंगलबारको राशिफल : आजको दिन तपाईँको लागि कति शुभ कति अशुभ ?
    images
    images

    आज वि.सं. २०८१ साल फाल्गुन २७ गते मङ्गलबार, तदनुसार, ईश्वी सन् २०२५ मार्च ११ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन शुक्लपक्ष । द्वादशी तिथी, बिहान ९ बजेर ३९ मिनेट उप्रान्त त्रयोदशी । अष्लेषा नक्षत्र, अतिगण्ड योग, बालव करण, चन्द्रराशि कर्कट।

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    श्रमको उचित मूल्याङ्कन नहोला । नोकरी वा पेशामा अनुभवी व्यक्तिहरूको सुझाव लिनुहोला । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग छ । नयाँ काम पाउने र नोकरीमा  स्थानान्तरण हुने योग छ । खर्च बढ्ने तथा जग्गा सम्बन्धी विवाद आउनेछ । 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    वित्तीय क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिने समय छ । कार्यक्षेत्रमा आत्मविश्वास बढ्नेछ । महत्त्वाकाङ्क्षी योजनाहरू सार्वजनिक गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । करियरमा नयाँ अवसर मिल्नेछ। कृषि, उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ। 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    व्यापार व्यवसायमा शुभचिन्तकहरूको साथ मिल्नेछ। कार्यक्षेत्रमा मानसम्मान बढ्नेछ। सेयरबजार तथा वित्तीय क्षेत्रमा लगानीको समय छ । आम्दानीका स्रोत बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हात पर्नेछ । नाम, दाम र इनाम प्राप्त हुने समय छ । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    व्यापार, व्यवसाय र सेयर बजारबाट मनग्य लाभ लिने समय छ । आस मारेको काम बन्नेछ भने एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। कार्यक्षेत्रमा प्रतिष्ठित व्यक्तिको साथ र सहयोग मिल्नेछ।  

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    स्वास्थ्यसम्बन्धी सामानको व्यापारमा बृद्धि हुनेछ । लामो दुरीको यात्राको योग छ । दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। किनमेल र यात्रामा अधिक खर्च हुनेछ। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ।  महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    रोकिएको काम बन्नेछ । व्यापार, व्यवसाय, बैंक तथा वित्तीय क्षेत्र र सेयर बजारबाट मनग्य लाभ लिन सकिनेछ । तारिफयोग्य काम सम्पादन हुनेछ। थोरै लगानीबाट मनग्य फाइदा उठाउन सकिनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। कार्यक्षेत्रमा आँटेको काम सम्पादन गर्न सकिएला। 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    नयाँ नोकरी प्राप्त हुनुको साथै मिहिनेतले जिम्मेवारी दिलाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार,उद्योग तथा सेयर बजारमा लगानी गरी फाइदा लिन सकिनेछ । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    कार्यक्षेत्रमा नयाँ सम्पर्क पदोन्नतिमा सहायक हुनेछ। आँटेको तथा ताकेको काम सजिलै बन्नेछन् । अनुसन्धानमूलक काममा सफलता मिल्नेछ । यद्यपि, आज अरुका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    कार्यक्षेत्रमा सोचविचार गरी निर्णय लिनुहोला । वैदेशिक रोजगारीमा सफलता मिल्नेछ। सवारी साधनमा खर्च बढ्नेछ। चुनौतिपूर्ण समयका बावजुद लगनशीलताले संकल्प पूरा हुनेछ । नसोचेको धन सम्पत्ति हात पर्नेछ । व्यापार तथा सेयर बजारबाट फाइदा लिन सकिनेछ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    साझेदारी व्यापारबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा नयाँ नयाँ योजना तथा नयाँ प्रकृतिको योजना लागु गरेर मनग्य लाभ मिल्नेछ। कार्यक्षेत्रमा तारिफयोग्य काम बन्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ । महँगा तथा बिलासी वस्तुको प्रयोग गर्न सकिनेछ । भौतिक साधन जोड्ने समय छ। 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    कार्यक्षेत्रमा गोपनीयतामा ख्याल राख्नुहोस् । अफिसियल यात्राको योग छ । नयाँ काम पाउने, नोकरीमा बढुवा तथा स्थानान्तरणको सम्भावना छ। निर्माण सामाग्री, खाद्यान्न, पहिरन तथा गरगहनाको व्यापारमा वृद्धि हुनेछ । महत्त्वाकांक्षी काम सुरु गर्ने समय छ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    उपहार प्राप्तिको योग छ। यात्राको अवसर छ। बिलासी सामानको प्रयोग गर्ने समय छ । खाद्यान्न तथा गरगहनाको व्यापार बढ्नेछ । लोभले समस्या निम्त्याउनेछ। अरुका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि खर्च बढ्नेछ । समयअनुसार चल्ने प्रयास गर्नुहोला। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार