images
images

ब्राण्डेड कम्पनीको नाममा कमसल चामल प्याक गरी बेच्ने खाद्य गोदाममा छापा, ८ हजार ८६७ बोरा कमसल चामल फेला

ब्राण्डेड कम्पनीको नाममा कमसल चामल प्याक गरी बेच्ने खाद्य गोदाममा छापा, ८ हजार ८६७ बोरा कमसल चामल फेला

बुधवार, फागुन २८ २०८१
बुधवार, फागुन २८ २०८१
  • images
    images
    ब्राण्डेड कम्पनीको नाममा कमसल चामल प्याक गरी बेच्ने खाद्य गोदाममा छापा,  ८ हजार ८६७ बोरा कमसल चामल फेला
    images
    images

    ब्राण्डेट कम्पनीको नाम दुरुपयोग गरी कमसल चामल प्याक गरी बेच्ने गरेको सूचनाको आधारमा काठमाडौँको तार्केश्वर नगरपालिका–९ स्थित मनमैजु र नागाजुर्नमा सञ्चालित ३ वटा खाद्य गोदाममा प्रहरीले छापा हानेको छ ।

    images
    images

    जिल्ला प्रशासन कार्यालय काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेको  थियो ।

    नाम चलेका कम्पनीको बोरामा कमसल चामल प्याक गरेर बेचेको सूचनाको आधारमा गोदाम सिल गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताएका छन् । उनले गोदाममा १६ सय ४६ बोरा चामल, ५४ बोरा चिनी र नाम चलेका आटा ११ बोरा र दाल सहित गोदाम सिल गरिएको  बताए ।

    गोदाम सञ्चालकहरूले बजारमा चलेका ३१ वटा कम्पनीको खाली बोरामा प्याक गरेर कमसल चामल बजारमा पठाउने गरेको भेटिएको छ । 

    स्थानीय प्रशासन सहित वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले संयुक्त रूपमा गोदाम सिल गरेका हुन् ।

     ३ जना सञ्चालकहरूलाई प्रहरीले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई आवश्यक अनुसन्धानको लागी जिम्मा लगाएको छ । 

    मनमैजु मा सञ्चालित देवकोटा चिउरा तथा चामल मिलमा छापा मारेर स्थानीय प्रशासनले २५ सय १६ बोरा  चामल र १ हजार ४३ बोरा चिउरा सहित गोदाममा सिल लगाएको छ । बलराम देवकोटा र गोपाल देवकोटाले सञ्चालन गरेको सो गोदाम कल्पना देवकोटाको नाममा दर्ता रहेको भेटिएको छ ।

    नागार्जुन–४ स्थित मुकेश सिंहले सञ्चालन गरेको ढीमाई प्याकेजिङ उद्योगमा ४७ सय ५ बोरा चामल फेला परेको प्रहरीले जनाएको छ

     
     गढीमाई प्याकेजिङ उद्योगमा फेला परेको ४७ सय ५ बोरा चामल, ४५ बोरा कनिका मस्यौरा ६० बोरा र चिउरा ३४० बोरा सहित गोदाम सिल गरिएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार