images
images

आज देशैभरि बदली हुने, यी तीन प्रदेशमा वर्षाको सम्भावना

आज देशैभरि बदली हुने, यी तीन प्रदेशमा वर्षाको सम्भावना

बिहिवार, फागुन २९ २०८१
बिहिवार, फागुन २९ २०८१
  • images
    images
    आज देशैभरि बदली हुने, यी तीन प्रदेशमा वर्षाको सम्भावना
    images
    images

    हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।

    images
    images

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ।

    बिहीबार देशैभरि बदली हुने पूर्वानुमान छ।  कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा दिउँसो मेघगर्जन चट्याङसहित वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको छ।

    त्यस्तै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागहरूमा हल्का हिमपातको पनि सम्भावना छ। 

    राति मधेसबाहेक सबै प्रदेशमा बदली हुने पूर्वानुमा छ। त्यस्तै कोशी र कर्णाली प्रदेशका हिमाली भूभागहरूमा हिमपातको सम्भावना छ।

    महाशाखका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो।

    ‘प्रि–मनसुनी गतिविधि पनि सक्रिय भएकाले अबका दिनमा मेघगर्जनरचट्याङसहित अपराह्नतिर वर्षा हुने र रातिको समयमा मौसम सामान्यतया सफा रहनेछ,’ उनले भने।

    बुधबार साँझपख काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको थियो ।

    कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।

    गण्डकी प्रदेशमा वर्षा गराउने मौसमी प्रणाली विकसित भई कोशी प्रदेश भएर बाहिरिएकाले आज राति पानि पर्ने सम्भावना नरहेको महाशाखाले उल्लेख गरेको छ ।

    विगत चार दिनदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा मौसम बदलीको अवस्था छ।

    प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडानसमेत सामान्य प्रभावित भएको छ।

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार बुधबार अपराह्न कम्तीमा आधा दर्शन आन्तरिक र अन्तरराष्ट्रिय उडानतर्फ हवाइजहाज प्रतिकूल मौसमका कारण कम ‘भिजिबिलिटी’ हुँदा केही समय आकाशमै ‘होल्ड’ भएका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार