images
images

ठेकेदारको लापरवाहीले भुरुङ्दीखोलामा मोटरेबल पुल निर्माण अधुरै, नौ वर्षमा १० प्रतिशत प्रगति

ठेकेदारको लापरवाहीले भुरुङ्दीखोलामा मोटरेबल पुल निर्माण अधुरै, नौ वर्षमा १० प्रतिशत प्रगति

आइतवार, चैत ३ २०८१
आइतवार, चैत ३ २०८१
  • ठेकेदारको लापरवाहीले भुरुङ्दीखोलामा मोटरेबल पुल निर्माण अधुरै, नौ वर्षमा १० प्रतिशत प्रगति
    images
    images
    images
    images

    कास्की र पर्वत जोड्ने भुरुङ्दीखोलामा नौ वर्षअघि सुरु भएको मोटरेबल पुल निर्माण अझै पनि सम्पन्न हुन सकेको छैन।

    २०७१ मङ्सिरमा निर्माण थालिएको उक्त पुल दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, ठेकेदारको लापरवाहीका कारण हालसम्म १० प्रतिशत काम पनि सम्पन्न नभएको बताइएको छ। पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ रामदुवाली जोड्ने यो पुलको निर्माण कार्य ठप्प जस्तै छ।

    लागत र प्रगतिः

    ६ करोड १३ लाख रुपैयाँको लागतमा निर्माण गर्न सम्झौता भएको पुलका लागि अहिलेसम्म एक करोड ५० लाख भुक्तानी भइसकेको छ। सञ्जीवनी निर्माण कम्पनीले २९ महिनामा सम्पन्न गर्ने गरी ठेक्का लिएको भए पनि काम अत्यन्तै सुस्त गतिमा अगाडि बढिरहेको छ।

    सडक डिभिजन कार्यालय बागलुङले २०७२ सालमा ठेक्का सम्झौता गरेको भए पनि हाल उक्त आयोजनाको जिम्मेवारी सडक डिभिजन कार्यालय पोखराले लिएको छ।

    जनप्रतिनिधिहरूको पहल र ढिलाइको कारण

    पुल निर्माण कार्यलाई अघि बढाउन स्थानीय जनप्रतिनिधिहरूले पटकपटक दबाब दिए पनि गति लिन सकेको छैन। स्थानीय राजेन्द्र खड्काका अनुसार सरकारी निकायमा बारम्बार ध्यानाकर्षण गराएपछि बल्ल सडक डिभिजन कार्यालयले काम सुरु गरेको छ। तर, निर्धारित समयमै काम सम्पन्न हुनेमा अझै पनि आशङ्का रहेको उनले बताए।

    सडक डिभिजन कार्यालय पोखराले पुनः असार मसान्तसम्मको म्याद थप गरी निर्माण व्यवसायीलाई निर्माणस्थलमा खटाएको छ। हाल पुल निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको सूचना अधिकारी इन्जिनियर ध्रुव पोखरेलले जानकारी दिए। उनले अब तोकिएको समयमै निर्माण सम्पन्न गर्न व्यवसायीलाई निर्देशन दिइएको उल्लेख गरे।

    स्थानीयवासीको हैरानी

    स्थानीय तह गठन हुनुअघि नै सुरु भएको पक्की पुल अझै सम्पन्न नभएकाले स्थानीयवासीलाई ठूलो समस्या परेको छ। मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माका अनुसार निर्माण व्यवसायीले संघीय सांसद, स्थानीय तह तथा सम्बन्धित कार्यालयको निर्देशनलाई पटक–पटक अटेर गर्दै आएका छन्, जसले गर्दा पुल निर्माण लम्बिइरहेको छ।

    यसैबीच, राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिना र प्रदेशसभा सदस्य भक्त कुँवरले स्थलगत अनुगमन गर्दै पुल निर्माण कार्यलाई तीव्र बनाउनुपर्नेमा जोड दिएका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com