विभिन्न अर्थशास्त्रीहरुले देश अहिले गम्भीर आर्थिक, सामाजिक तथा राजनीतिक संकटको संघारमा रहेको बताएका छन् ।
उनीहरुले देश टाट पल्टिनसक्ने जोखिमपूर्ण अवस्थाबाट बचाउनको लागि संयुक्त अपिल समेत गरे
नेपालमा विचौलिया वर्गले बढी पूँजि निर्माण र पूँजिको पलायन गरएको संकेत देखिन थालेको पनि निश्कर्ष निकालेका छन् ।
कल्किजम रिसर्च एण्ड ट्रेनिङले आयोजना गरेको विशेष पत्रकार सम्मेलनमार्फत देशलाई सही दिलाउनको लागि पनि सेन्टरले अघि सारेको अवधारणालाई सबैले साथ र समर्थन दिए सपना साकार हुने विश्वास तर्क निकाले ।
प्रा.डा. कुशुम शाक्य, अर्थशास्त्री
प्रा.डा. कुशुम शाक्यले अहिलेको देशको समग्र समस्याको समाधान दिनेगरि आफूहरु अग्रसर भएको सुनाईन् । उनले भनिन्, ‘यो हाम्रो एकमुष्ट आवाज हो । तमाम नेपालीहरुको आवाज हो । देश विकास भएन, अब समस्याको समाधानतर्फ हामी जान्छौं । राजनीतिक उद्देश्यले होईन । अर्थशास्त्र ब्याकग्राउण्डबाट छौं । निरीह भएर बस्न मिल्दैन, समाधानको लागि अगाडि आएका छौं ।’
उनले पैसा चलायमान हुँदा नै देशको विकास हुने भन्दै क्यासलेस इकोनोमीको महत्व सुनाईन् । उनले भनिन्, ‘पैसा भन्ने कुरा जम्मा पार्ने कुरा होईन, पैसा चलायमान हुनुपर्छ । अहिले अघि सारिएको यो अवधारणा यो तीन करोड जनताको लागि हो । लगानीको वातावरण बनाउनुपर्छ । नेपाललाई विश्वमै नमूना बनाउन सकिन्छ ।’
सञ्जय आचार्य, अर्थशास्त्री
सञ्जय आचार्यले सकारात्मक पक्ष देखेको बताए । सो क्रममा उनले नगदमा आधारित सामाजिक सुरक्षालाइ सेवामा आधारित बनाउनुपर्ने प्रस्ताव राखे । आधारभूत आवश्यकत्ता शिक्षा, स्वास्थ्य र कानूनी सेवा निःशुल्क बनाउने प्रयास एकदमै सराहनीय भएको भन्दै यसप्रति ठोस कार्यान्वयन गरिने विश्वस दिलाए ।
भ्रष्टाचार नियन्त्रण गर्नको लागि पनि सेन्टरले अघि सारेको क्यासलेस करेन्टी र स्मार्ट करेन्सीको अवधारणाले ठूलो सहयोग पुग्ने उनको भनाई छ। एनले भने,‘नगदरहित कारोबार प्रमोट गर्नुपर्छ । शहरी क्षेत्रमा त क्यासलेस हुँदै गएको छ । ग्रामिण भेगमा जय साहजीले भनेजस्तो स्मार्टनेस करेन्सी लागु हुनेछ ।’
घनश्याम दवाडी, अर्थशास्त्री
अर्थशास्त्री घनश्याम दवाडीले आफ्नै इफोर्टले मुलुकको उत्पादकत्व बढाउने कुरा गरेको भन्दै अघि सारिएको अवधारणा साकार हुने विश्वास दिलाए । उनले नेपालको हकमा भने यसअघि योजना बनाउँदा विज्ञता नहेरिएको गुनासो पोखे । तर, आफूहरुले निस्वार्थ भावनाले देशको समग्र विकासमा टेवा पुर्याउनको लागि काम गरेको उनको भनाई छ । सेन्टरले अघि सारेको मुद्दा र इस्यु राम्रो भएकोले सहकार्य गरिएको पनि उनले स्पष्ट पारे ।
डा. उमाशंकर प्रसाद, अर्थशास्त्री
अर्थशास्त्री डा. उमाशंकर प्रसादले सेन्टरको उद्देश्य र गरिरहेको कामको बारेमा प्रकाश पारेका थिए । आफ्नो धारणा राख्ने क्रममा प्रसादले नेपालको अर्थ व्यवस्थाको स्वरुप क्रोनिक क्यापिटलिजम भएको बताए । उनले भने,‘सरकारलाई केही व्यक्तिले प्रभावित पारेको अवस्था छ । त्यो संरचनाअन्तर्गत सरकारले देश नचलाई, केही व्यक्ति वा समूहबाट देश चलाउने काम गरेको छ ।’
संविधानले समाजवादको यात्रा तय गर्ने भनेको भए पनि नेपालमा अहिले विद्यमान संरचना क्रोनिक क्यापिटजिलम भएको प्रसादको दाबी छ । उनले भने, ‘यसबाट मुलुकलाई सोसियलिजममा रुपान्तरण गर्ने हो । सरकार बलियो बनाउनुपर्छ । त्यसको लागि शतप्रतिशत क्यासलेस भएपछि भ्रष्टाचार यिनन्त्रण हुन्छ । सरकारसँग प्रश्स्त पुँजी हुन्छ । दोस्रो, शिक्षा, स्वास्थ्य, कानूनी सेवा निःशुल्क गर्ने । संरचनात्मक सिफ्ट गरौं ।’
प्रसादले नेपालमा कल्कीवादको नयाँ अवधारणा विकास गरिएको त्यस अनुसार कर्मको आधारमा ज्याला पाउने कुरा गरिएको सुनाए । उनले भने,‘कर्मलाई उपभोगमा रुपान्तरण गर्नुहुन्छ भने, कामको आधारमा ज्याला पाईन्छ, ज्यालाको आधारमा धेरै सामनता हुन्छ । आय र खर्चमा धेरै फरक हुँदैन् । केही वेस्टर्न फिलोसिपी पनि गाभ्नेछौं ।’
कल्किजम रिसर्च सेन्टरका संस्थापक तथा नेपाललाई विश्व गुरू बनाउने परिकल्पना बोकेका जय साहले आफूहरुले अघि सारेको अवधारणा लागु गर्न सरकार र यसका संयन्त्रहरु सक्रिय नभएको आरोप लगाएका छन् ।
उनले आफूहरुको नयाँ अर्थनीति कल्कीवाद भएको पनि सुनाए । आफूले अघि सारेको अवधारणाले देश टाट पल्टिनबाट बच्ने, प्रत्येक वर्ष २० हजार नेपालीको ज्यान पनि बच्ने, स्वास्थ्य, शिक्षा र कानूनी सेवा सबै नेपालीलाई निःशुल्क गरिने सुनाए ।