images
images

ब्रो काउलीमा विषादी भेटियो, उपभोगका लागि अयोग्य

ब्रो काउलीमा विषादी भेटियो, उपभोगका लागि अयोग्य

सोमवार, चैत ४ २०८१
सोमवार, चैत ४ २०८१
  • images
    images
    ब्रो काउलीमा विषादी भेटियो, उपभोगका लागि अयोग्य
    images
    images

    काठमाडौँ / ब्रो काउलीमा विषादी भेटिएको छ । भक्तपुरबाट बिक्रीका लागि कालीमाटी ल्याइएको ब्रो काउलीमा ८८.६७० प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको हो । 

    images
    images

    सोमबार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १८ पसलको १८ वटा तरकारी तथा फलफूल परीक्षण गर्दा काउलीमा विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ । 

    विषादीको सो मात्रा उपभोग अयोग्य रहेको जनाइएको छ । 

    बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका विषादीको मात्र परीक्षण गरिँदै आएको छ।

    यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।

    अन्य विषादी, रसायन मिसाएको हकमा भने खान माथि उल्लिखित विषय लागु नहुने समितिले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार