आज विक्रम संवत २०८१ साल चैत्र ५ गते, मङ्गलबार तदनुसार ईश्वी सन् २०२५ मार्च १८ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४६ । चैत्र कृष्णपक्ष । चतुर्थी तिथि, बेलुकी ७ बजेर २८ मिनेट उप्रान्त पञ्चमी तिथि। स्वाती नक्षत्र दिउँसो ३ बजेर ४० मिनेट उप्रान्त विशाखा नक्षेत्र । चन्द्रराशि तुला।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापार व्यवसायमा आफन्तहरूको सहयोग मिल्नेछ। चिताएको कार्य सम्पादन गर्न सकिनेछ। भौतिक सम्पत्ति तथा विलाशी बस्तुको प्रयोग गर्दा ख्याल सावधानी अपनाउनुहोला । व्यापारले आम्दानी बढाउन सक्छ । विशेष उपहार प्राप्त हुन सक्छ। भौतिक साधन जुट्नेछन्। व्यापारले आम्दानी बढाउन सक्नेछन् । साझेदारीमा गरिएको व्यवसायमा साझेदारसँग मतभेद बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार, उद्योग तथा सेयरबजारमा लगानी बढाएर नाफा कमाउन सकिनेछ । लामो दुरीको यात्राको सम्भावना छ भने यात्राबाट भनेजस्तो उपलब्धि उठाउन सकिनेछ । स्रोतसाधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले नयाँ काम गर्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मेहनेतले प्रतिष्ठित काम सम्पन्न हुनेछ । बैंकिङ क्षेत्रमा गरेको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ। नयाँ नोकरीको शुभारम्भ हुनेछ। जग्गा जमिनबाट लाभ आर्जन गर्न सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। नयाँ योजना शुभारम्भ हुनेछ। नयाँ अवसरका साथै भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुग्न सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्यक्षेत्रमा रोकिएको कार्य प्रारम्भ हुनेछ। आत्मबल बढ्नेछ । नोकरी वा पेशामा कार्यकुशलताको चर्चा हुनेछ। अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । कृषि क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ । सवारी साधनको मर्मत तथा खरिद बिक्रीबाट मनग्गे लाभ लिन सकिनेछ । विशेष योजना गोप्य राख्नुहोला । काम बिग्रने भयले सताउनेछ । पुरानो सम्झौता भंग हुनसक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सानो प्रयत्नले महत्त्वपूर्ण काम गरी फाइदा लिन सकिनेछ । व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने योग छ । उद्योग तथा शेयरबजारमा सुझबुझका साथ लगानी बढाउन सोचेजस्तो आम्दानी हुनेछ । छोटो समयमा उपलब्धि हातलागी हुनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। आय आर्जनका नयाँ स्रोतहरू बढ्नेछन्। कार्यक्षेत्रमा शुभचिन्तकहरूको सहयोग मिल्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यवसाय फस्टाएर जानेछ । बोलीकै भरमा महत्त्वपूर्ण कामहरू गर्न सकिनेछ । धातु तथा खनिज पदार्थसँग सम्बन्धित व्यवसायबाट लाभ लिन सकिनेछ। व्यापार व्यवसायमा निर्णय लिनुअघि अनुभवीसँग सुझाव सल्लाह लिनुहोला । नयाँ कार्य थालनीको लागि उचित समय पर्खनुहोस् । आर्थिक पक्ष सामान्य रहनेछ। स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। धेर्य र लगनशीलताले काम लिने समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सानातिना घरेलु समस्याले सताउनेछ । अरुको काममा महत्त्वपूर्ण समय बित्नेछ । सम्भावना देखिए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । कार्यक्षेत्रमा सोचेभन्दा राम्रो सफलताले मन प्रसन्न रहनेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। अरुको फाइदाको लागि उपयोग भइएला । अरुलाई प्रभावित पारेर काम बनाउने समय छ । महत्त्वपूर्ण योजना गोप्य राख्नुहोला । काम बिग्रने भय रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विदेश यात्राको सम्भावना छ । वैदेशिक रोजगार र विदेशी सामानको व्यापार फस्टाउदा घरेलु सामानको व्यवसायमा भने खर्च बढ्नेछ । औषधिजन्य सामानको बिक्रीबितरण गरि लाभ लिन सकिनेछ । नियमित काम तथा व्यवसायमा सामान्य फाइदा हुनेछ । खर्च टार्न सरसापट लिनुपर्ने हुन सक्छ। भविष्यका लागि सम्भावनाको खोजी गर्ने र लगानी गर्ने समय छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तरल पदार्थ तथा हाईड्रो पावरको क्षेत्रमा गरिएको लगानी फस्टाउने समय छ । शिक्षा क्षेत्रमा गरिएको लगानीले फाइदा दिलाउनेछ । कृषि तथा पशुपालन व्यवसायबाट आम्दानीका स्रोत बढाउन सकिनेछ। कार्यक्षेत्रमा विशिष्ट व्यक्तिहरूबाट प्रशंसा मिल्नेछ । सेयर बजारबाट लाभ मिल्नेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा फड्को मार्ने समय छ। रोकिएको काम बन्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कीर्तिमानी काम गरी अरुको मन जित्न सकिनेछ । व्यापार व्यवसायबाट प्रशस्त आम्दानी गर्न सकिनेछ । नयाँ काम पाउने र काममा पदोन्नति हुने सम्भावना छ । आर्थिक अवस्था सुदृढ हुनेछ । तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। व्यापार, कृषि, पशुपालन तथा पेसा–व्यवसायमा लाभ हुनेछ। दिगो काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धर्मसँग सम्बन्धित सामानको व्यापारबाट मनग्य फाइदा हुनेछ । शिक्षा क्षेत्र, सेयर बजार, पहिरन तथा खाद्यान्नमा आज गरिएको लगानीले फाइदा दिलाउनेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य काम सम्पादन हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ र मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आर्थिक सङ्कटले दैनिकी प्रभावित हुनेछ । व्यापारमा तत्काल लगानी नगर्नु नै राम्रो रहनेछ । व्यापारिक क्षेत्रमा गरिएको लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता भंग हुन सक्छ भने धन बाहिरिन सक्छ। कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। यद्यपि, आज कृषि वा पशुपालनबाट राम्रो लाभ आर्जन गर्न सकिएला। कार्यक्षेत्रमा बोलिको विपरीत अर्थ लाग्नेछ।