images
images

हिमवत्खण्ड कला–साहित्य, संस्कृति सम्मलेन सम्पन्न

हिमवत्खण्ड कला–साहित्य, संस्कृति सम्मलेन सम्पन्न

मंगलवार, चैत ५ २०८१
मंगलवार, चैत ५ २०८१
  • images
    images
    हिमवत्खण्ड कला–साहित्य, संस्कृति सम्मलेन सम्पन्न
    images
    images

    काठमाडौं/  हिमवत्खण्ड कला–साहित्य, संस्कृति सम्मेलन –२०८१ सम्पन्न भएको छ। 

    मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित यस सम्मेलनको समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी थिए । 

    सम्मेलन यहि चैत १ देखि ३ गतेसम्म राष्ट्रिय सभा गृह र बुढानिलकण्ठस्थित होटल लेमन ट्रीमा सञ्चालन भएको थियो।

    प्रधानमन्त्री ओली भन्छन्ः 

    प्रधानमन्त्री ओलीले हिमवत्खण्डको महत्व र यसलाई विश्वसामु चिनाउन आवश्यक रहेको बताए । 

    उनले नेपालको सांस्कृतिक र ऐतिहासिक धरोहरलाई विशेष रूपमा उजागर गर्दै भने –वर्षायाममा ४० प्रतिशत र हिउँद याममा ७० प्रतिशत पानी नेपालकै हिमवत्खण्डबाट बग्छ। त्यसैले यसलाई हिमवत्खण्ड नभनी के भन्ने ? 

    उनले नेपाली सभ्यताको गौरवमय इतिहास स्मरण गराउँदै भने, ठूलो वृक्षको विज सानो भए पनि त्यसले ठूलो योगदान दिन्छ। हाम्रो सभ्यता र ज्ञानको विकास पनि यस्तै रूपमा भएको हो।

    प्रधानमन्त्री ओलीले भाषा, संस्कृति, भूगोल, जैविक विविधता र सभ्यताको निरन्तरताका बारेमा चर्चा गर्दै हिमवत्खण्ड क्षेत्रको पहिचानलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए ।

    सम्मेलनका प्रमुख उपलब्धिहरूः 

    सम्मेलनका क्रममा विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो, जसमा भारत, भुटान, थाइल्याण्ड, बंगलादेश, बेलायत, सिक्किम, दार्जिलिङलगायतका क्षेत्रका व्यक्तित्वहरू उपस्थित थिए।

    सम्मेलनले १७ बुँदे घोषणापत्र जारी गर्दै हिमवत्खण्ड क्षेत्रको कला, साहित्य, भाषा, संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि ठोस योजना अघि सारेको छ।

    यसैगरी, हिमवत्खण्ड कला–साहित्य सम्मेलनको आयोजनालाई निरन्तरता दिने र ९ सदस्यीय आयोजन समिति गठन गर्ने निर्णय पनि गरिएको छ।


    प्रधानमन्त्री ओलीले नेपालकै हिमवत्खण्ड क्षेत्रबाट बहने नदीनालाहरूले यहाँको सभ्यतालाई विशेष बनाएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धन गर्न सबैलाई आग्रह गरे । 

    सम्मेलनले हिमवत्खण्ड क्षेत्रको भाषा, संस्कृति, साहित्य र ऐतिहासिक सम्पदाको अभिलेख राख्दै अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने संकल्प गरेको छ।

     

     

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार