पोखरा फाईनान्स लिमिटेडले आफ्नो २८ औ वार्षिकोत्सवको अवसरमा वित्तीय संस्थाको केन्द्रिय कार्यालयको प्रा∙णमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
वित्तीय संस्थाका अध्यक्ष राज कुमार गुरुङले वित्तीय संस्थाका सञ्चालक प्रतिक गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको रक्तदान कार्यक्रममा संस्थाका कर्मचारी र सर्वसाधारणले रक्तदान गरेका थिए ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले स्थापनाकालको २८ औ वर्षसम्म आईपुग्दा संस्थाले ठुलो संख्यामा ग्राहकहरुलाई अत्याधुनिक बैकिङ सुविधा सहितको सेवा प्रदान गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्वको कामहरुमा समेत सहभागी भई सामाजिक कार्यहरुलाई उच्च प्राथमिकता दिदै आएको छ ।