images
images

क्रेष्ट माइक्रो लाइफको आइपिओ बाँडफाँट, करिब १८ लाख लगानीकर्ताको हात खाली, कसरी हेर्ने नतिजा ?

क्रेष्ट माइक्रो लाइफको आइपिओ बाँडफाँट, करिब १८ लाख लगानीकर्ताको हात खाली, कसरी हेर्ने नतिजा ?

मंगलवार, चैत ५ २०८१
मंगलवार, चैत ५ २०८१
  • images
    images
    क्रेष्ट माइक्रो लाइफको आइपिओ बाँडफाँट, करिब १८ लाख लगानीकर्ताको हात खाली, कसरी हेर्ने नतिजा ?
    images
    images

    काठमाडौँ / क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट भएको छ। सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको कार्यालयमा मङ्गलबार बिहान कम्पनीको आइपिओ बाँडफाँट भएको हो । 

    कम्पनीले गत फागुन २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता सेयर निष्काशन गरेको थियो।

    कम्पनीको आइपिओमा कुल १९ लाख ६५ हजार ८११ जनाले २ करोड २७ लाख ३९ हजार ६५० कित्ता शेयर खरिदका लागि आवेदन गरेका थिए। 

    जसमध्ये १० हजार १२६ आवेदन रद्द भएको छ भने बाँकी १९ लाख ५५ हजार ६८५ आवेदन स्वीकृत भएको छ।

    मागभन्दा बढी आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँट नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आइपिओ बाँडफाँट गरिएको हो। 

    जसअनुसार कुल १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। 

    साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट जततउकस्ररष्उयचभकगति।अमकअ।अयm।लउर बाट पनि नतिजा हेर्न सकिन्छ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार