images
images

सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस पोखरामा, छेन्दु–पोखरा सिधा उडान सुरु

सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस पोखरामा, छेन्दु–पोखरा सिधा उडान सुरु

मंगलवार, चैत ५ २०८१
मंगलवार, चैत ५ २०८१
  • images
    images
    सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस पोखरामा, छेन्दु–पोखरा सिधा उडान सुरु
    images
    images

    पोखरा / चीनको सिचुवान एयरलाइन्सले मंगलबारदेखि छेन्दु-पोखरा सिधा उडान सुरु गरेको छ । सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस-३९१ मंगलबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

    १२८ जना चिनियाँ पर्यटक बोकेको उक्त विमान पोखराबाट १२६ जना लिएर छेन्दु प्रस्थान गरेको छ । पोखराबाट उक्त विमानमा महानगरका मेयर धनराज आचार्यको नेतृत्वमा जनप्रतिनिधि, पर्यटन व्यवसायी लगायत छन् । 

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आएको दुई वर्षपछि कमर्सियल चार्टर्ड उडान सुरू भएको हो ।  उक्त विमान हप्तामा एक पटक पोखरा आउजाउ गर्ने सिचुवान एयरलाइन्सले जनाएको छ । 

    एयरलाइन्सले आगामी १० हप्तासम्म उडान तालिका बनाएको छ । त्यसपछि व्यवसाय हेरेर नियमित उडान गर्ने एयरलाइन्सको तयारी छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार